स्याङ्जा जिल्लाका ११ वटै स्थानीय तहका बालबालिकाले पूर्णखोप लगाएपछी सबै पालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका अनुसार ११ वटा स्थानीय तह रहेको स्याङ्जामा १६ महिनादेखि २३ महिनासम्मका दुई हजार सात सय ४६ जना सबै बालबालिकाले पूर्णखोप लगाएपछि सबै पालिकामा पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणा गरिएको हो ।
पुतलीबजार नगरपालिकाले सुरु गरेको पूर्णखोप सुनिश्चितता घोषणा पश्चात् चापाकोट नगरपालिकाले अन्त्यमा घोषणा गरेसङ्गै पूर्णखोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण जिल्ला घोषणाका लागि बाटो खुल्ला भएको हो ।
स्याङ्जास्थित पुतलीबजार नगरपालिकाका ५२३ जना, भीरकोट नगरपालिकाका २५३ जना, हरिनास गाउँपालिकाका १३१ जना, बिरुवा गाउँपालिकाका ८६ जना, गल्याङ नगरपालिकाका ३२३ जना, आँधीखोला गाउँपालिकाका १४६ जना, अर्जुनचौपारी गाउँपालिकाका १५७ जना, वालिङ् नगरपालिकाका ६२० जना, फेदीखोला गाउँपालिकाका ११४ जना, कालीगण्डकी गाउँपालिकाका २०५ जना र चापाकोट नगरपालिकाका १८८ जना बालबालिकाले पूर्णखोप प्राप्त गरेको प्रदेश जनस्वास्थ्य कार्यालय, पुतलीबजार स्याङ्जाका प्रमुख केशव प्रसाद चापागाईंले जानकारी दिए ।
पूर्णखोप कार्यक्रमले दिगो विकास लक्ष्य हासिल गर्न, बाल मृत्युदर तथा अपाङ्गताको दरलाई घटाउन सहयोगी भूमिका खेल्ने अपेक्षा गरिएको छ । जन्मपश्चात् तोकिएका उमेर समूहका बालबालिकाले पोलियो, दादुरा, हेपाटाइटिस, जापानिज इन्सेफ्लाइटिस, रुवेला, झाडापखाला, टाइफाइडलगायत १० वटा रोगविरुद्ध पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पूरा गरेपछि सबै पालिकामा पूर्णखोप सुनिश्चित घोषणा गरिएको चापागाईले बताए ।
उनका अनुसार हरेक वर्ष यो कार्य गरिँदै आइएको छ । कोही पनि बालबालिका खोप लगाउनबाट बन्चित हुनु हुँदैन र यो वर्ष छैनन् भन्ने सन्देश दिनका लागि यो विधि अपनाइएको जनस्वास्थ्य कार्यालय पुतलीबजारका प्रमुख चापागाईंको भनाइ छ ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्