पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति

पोखरा ४ का वडाध्यक्ष पराजुलीलाई ३ दिन हिरासत राख्न अनुमति

devkrishna parajuli

पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीलाई ३ दिनको लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएको छ।

महानगरपालिकाका आर्थिक प्रशासन महाशाखाका अधिकृत ईश्वरीप्रसाद पोख्रेल र व्यवसायी लेखनाथ सुवेदीसँग अभद्र व्यवहार तथा हातपात गरेको आरोपमा बुधबार पक्राउ परेका पराजुलीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गरिएको हो।

मंगलबार महानगर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै प्रशासनका अधिकृत पोख्रेलमाथि वडाध्यक्ष पराजुलीले हातपात गरेका थिए। त्यसैदिन फुटपाथमा सामान राखेको विषयमा विवाद हुँदा उनले व्यवसायी सुवेदीसँग पनि हातपात गरेका थिए।

घटनापछि आक्रोशित भएर महानगरका कर्मचारीहरूले बुधबार सेवा प्रवाह बन्द गरेका थिए। उता, व्यवसायी सुवेदीले पराजुलीविरुद्ध प्रहरीमा उजुरी दिएका थिए, जसको आधारमा उनलाई पक्राउ गरिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ