वीरेन्द्र मेमोरियलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

स्वागत

वीरेन्द्र मेमोरियलमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

Birendra School (4)

पोखरा ५ पर्स्याङमा अवस्थित वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।

नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरी शैक्षिक सामग्री प्रदानसमेत गरिएको थियो । उक्त अवसरमा नृत्य तथा विविध सांस्कृतिक प्रस्तुती पनि राखिएको विद्यालयले जनाएको छ ।

विद्यालयका निर्देशक रुद्रप्रसाद अधिकारीले अबको केही महिनामै सुविधासम्पन्न भवनमा पठनपाठन सुरु हुने जानकारी दिँदै स्तरीय पठनपाठनलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यालयका प्राचार्य सन्तोष लामिछानेले यसप्रकारका कार्यक्रमहरुले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै शैक्षिक उन्नतिमा विशेष योगदान दिने बताए । विद्यालययले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।

विद्यालयका सहप्राचार्य रामचन्द्र अधिकारी (आरसी) ले सञ्चालन गरेको कार्यक्रममा कक्षा ९ का छात्र संकल्प सुवेदीले स्वागत तथा कक्षा नौ की छात्रा प्रियंका भण्डारीले धन्यवाद मन्तव्य राखेका थिए । कक्षा ६ का छात्राहरु जेसीका पोख्रेल, रागिना अधिकारी, रिया गुरुङ, युनिसा श्रेष्ठ, कृषा विसुङ्खे लगायतले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयका इन्चार्ज ऋषि अधिकारी र गणित शिक्षक शंकर प्रसाद लामिछानेले नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक साामाग्री प्रदान गरेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ