पोखरा ५ पर्स्याङमा अवस्थित वीरेन्द्र मेमोरियल माध्यमिक विद्यालयमा एक कार्यक्रमकाबीच नव आगन्तुक विद्यार्थीलाई स्वागत गरिएको छ ।
नर्सरीदेखि कक्षा ९ सम्म भर्ना भएका नयाँ आगन्तुक विद्यार्थीलाई स्वागत गरी शैक्षिक सामग्री प्रदानसमेत गरिएको थियो । उक्त अवसरमा नृत्य तथा विविध सांस्कृतिक प्रस्तुती पनि राखिएको विद्यालयले जनाएको छ ।
विद्यालयका निर्देशक रुद्रप्रसाद अधिकारीले अबको केही महिनामै सुविधासम्पन्न भवनमा पठनपाठन सुरु हुने जानकारी दिँदै स्तरीय पठनपाठनलाई निरन्तरता दिन आग्रह गरे ।

विद्यालयका प्राचार्य सन्तोष लामिछानेले यसप्रकारका कार्यक्रमहरुले विद्यार्थीलाई हौसला प्रदान गर्नुका साथै शैक्षिक उन्नतिमा विशेष योगदान दिने बताए । विद्यालययले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए ।
विद्यालयका सहप्राचार्य रामचन्द्र अधिकारी (आरसी) ले सञ्चालन गरेको कार्यक्रममा कक्षा ९ का छात्र संकल्प सुवेदीले स्वागत तथा कक्षा नौ की छात्रा प्रियंका भण्डारीले धन्यवाद मन्तव्य राखेका थिए । कक्षा ६ का छात्राहरु जेसीका पोख्रेल, रागिना अधिकारी, रिया गुरुङ, युनिसा श्रेष्ठ, कृषा विसुङ्खे लगायतले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

विद्यालयका इन्चार्ज ऋषि अधिकारी र गणित शिक्षक शंकर प्रसाद लामिछानेले नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक साामाग्री प्रदान गरेका थिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पोखरामा मोटरसाइकलको ठक्करबाट स्कूटरमा सवार १७ वर्षीय सिर्जनको निधन
रास्वपा पोखरा महानगर सभापतिमा योगेन्द्र केसी सर्वसम्मत चयन
शिशुवामा युआरएलको शिविर, ६ सय १ जनाको सित्तैमा जाँच
पिसिएम कप प्लस टु फुटसलको उपाधि तालपारी टीमले जित्यो
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु