पोखरा । शुक्रबार बिहान ११ः १० बजेको थियो । विद्यालयका अतिरिक्त क्रियाकलप प्रमुख प्रकाश अधिकारीले सम्पूर्ण मतदाताहरूलाई लाइनमा आउन आग्रह गरे । विद्यार्थीहरू सबै मतदाताको लाइनमा आए । एकातिर छात्राहरू र अर्कोतिर छात्रहरू मतदानका लागि पंक्तिबद्ध रहे ।
आमनिर्वाचनमा मतदानस्थल जसरी व्यवस्थापन गरिएको हुन्छ, त्यसरी नै व्यवस्थित थियो । मतपत्र, स्वस्तिक छाप, मतपेटिकालगायतका सामग्री राखिएको थियो । उक्त दृश्य पोखराको नदीपुर स्थित प्रतिभा माध्यमिक विद्यालयले गरेको नमूना मतदान थियो ।
कक्षा १० को सामाजिक विषयको पाठ्पुस्तकमा समावेश भएको निर्वाचन प्रक्रियासम्बन्धी पाठअनुसार विद्यार्थीहरूलाई मतदानको कार्यक्रम आयोजना गरिएको थियो । “सैद्धान्तिक ज्ञानले भन्दा व्यवहारिक तथा प्रयोगात्मक ज्ञानले विद्यार्थीले छिटो सिक्ने भएकाले यस कार्यक्रमले विद्यार्थीहरुले लोकतान्त्रिक निर्वाचन प्रक्रियाको अभ्यासमा मद्धत पुग्ने विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले बताए ।

विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई निर्वाचन प्रणाली अन्र्तगत मताधिकार भनेको के हो ? मतदान भनेको के हो ? मतदान कसरी गर्ने ? प्रजातान्त्रिक प्रक्रियाबाट जनप्रतिनिधिहरू कसरी निर्वाचित हुन्छन् ? भन्ने ज्ञान दिने मुख्य उद्देश्यका साथ नमुना निर्वाचन गरिएको विद्यालयका सामाजिक विषयका विभागीय प्रमुख तथा कार्यक्रमका निर्वाचन अधिकृत डम्बर क्षेत्रीले बताए ।
कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत करिव ८१२ जना विद्यार्थी मतदाता भएको सो कार्यक्रममा विभिन्न सदनका क्याप्टेन र भाइस क्याप्टेनका लागि ५÷५ जना विद्यार्थी बीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा विद्यार्थीले लामबद्ध भएर दिउँसो ३ बजेसम्म मतदान गरेको नमूना निर्वाचन कार्यक्रमका व्यवस्थापक विद्यालयका सह–प्राचार्य प्रदीप खनालले बताए ।

किताब पढेर वा शिक्षकहरूले पढाएकै आधारमा भन्दा प्रयोगात्मक रुपमा मतदान गर्न पाउँदा धेरै कुरा बुझिएको र व्यवहारमा उतार्न सजिलो भएको कक्षा १०मा अध्ययनरत छात्रा अनुश्रीया न्यौपानेले बताइन् । नेपालको नागरिक भएपछि मतदान कसरी दिने ? यसको प्रक्रिया कस्तो हुन्छ ? भन्ने कुरामा आफूलाई राम्रो जानकारी मिलेको अर्का छात्र सुभान भण्डारीको भनाई छ ।
नमूना मतदानमा छात्र छात्राहरूका लागि छुट्टा छुट्टै लाइनमा राखी मतदान केन्द्र व्यवस्थापन गर्ने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिनेलगायतका विषयहरू सिकाइएको थियो ।

मतदानमार्फत् क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमूना मतपत्र बनाएर मतदान गर्ने तरिका सिकाइएको, विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर मत माग्ने समयसमेत दिइएको मतदान अधिकृत राजेन्द्र पौडेलले बताए ।
विभिन्न सदन क्याप्टेन र भाइस क्याप्टेन पदका लागि विद्यार्थीहरूका बिच तिब्र प्रतिस्पर्धा भएको र आफ्ना प्रतिस्पर्धीहरूलाई उछिन्दै रातो सदनका क्याप्टेनका लागि विज्ञान न्यौपानेले कूल खसेको मतमध्येबाट ९१ मत र भाइस क्याप्टेनका लागि सुप्रिया मानन्धरले १०४ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धीमा क्रमशः प्रिन्स जङ क्षेत्रीले ४५, सुप्रिना लिगलले २२ र आस्मी थापाले १० मत क्याप्टेनका लागि थिए भने भाइस क्याप्टेनमा सलिना गिरीले ४० र एन्जल गौतमले २४ मत ल्याएका थिए ।
यसैगरी, निलो सदनका क्याप्टेनका लागि लक्षिता रानाले ६३ मत र भाइस क्याप्टेनका लागि अनुश्रीया न्यौपानेले ५९ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धामा क्रमशः आकर्षण थापाले २८, आरोस द्वावाले १३, आज्मी गुरुङले ७, सौरवी कार्की २६ र सुभान भण्डारीले ३९क्याप्टेनका लागि मत ल्याएका थिए भने भाइस क्याप्टेनका प्रतिस्र्धीमा क्रमशः दिव्यानी बरालले १८, कुसुम श्रेष्ठले ४०, श्रवण गौतमले ४७ र दर्शील श्रेष्ठले १४ मत ल्याएका थिए ।

हरियो सदनका क्याप्टेनका लागि दिप्रसन भुजेलले १०० मत र भाइस क्याप्टेनका लागि राशी लामिछानेले ४१ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धामा क्रमशः ग्लोरी राना २८, प्रमिस पाण्डे १२, निम्बुस अधिकारीले २२ मत र भाइस क्याप्टेनमा दिव्यानी बरालले १८, कुसुम श्रेष्ठले ४०, श्रवण गौतमले ४७ र दृसल श्रेष्ठले १४ मत ल्याएका थिए ।
त्यसैगरी पँहेलो सदनका क्याप्टेनका लागि असल सुनारले १०९ मत र भाइस क्याप्टेनका लागि सर्वानी बास्तोलाले ४७ मत प्राप्त गरी विजयी भएका छन् भने निकटतम् प्रतिस्पर्धामा क्रमशः अनुस अधिकारीले ४७ मत र भाइस क्याप्टेनमा अङ्किता हमालले ४४, ग्रिष्मा कोइरालाले २६, मान्सी गुप्ताले १६ र साएरा गुरुङले २२ मत ल्याएका विद्यालयका नेपाली विभागीय प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना हुँदा फेवातालमा खसेका ४ जनाको सकुशल उद्धार
पोखरा बहुमुखी क्याम्पस ‘क्युएए’ सर्टिफाइड
काली बाबाको उपस्थितिमा कोटिहोममा यज्ञको पूर्णाहुति, पोखराको २ रोपनी जग्गा दान
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
बेगनासतालमा पौडिँदा बेपत्ता भएका गोरखाका श्रेष्ठको शव निकालियो
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ
विद्यार्थीलाई निर्घात कुट्ने अमरसिंह माविका शिक्षक दीपक दाहाललाई कडा कारबाहीको माग