देशलाई कंगाल बनाउने नै राजाहरू हुन्ः प्रधानमन्त्री ओली

देशलाई कंगाल बनाउने नै राजाहरू हुन्ः प्रधानमन्त्री ओली

kp oli speech

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कंगाल बनाएको आरोप लगाएका छन् ।

शनिबार काठमाडौँमा दोस्रो राष्ट्रिय वन संवद्र्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको टिप्पणी गरे ।

देश कंगाल बनाउने काम राजाहरु गरेको उनको आरोप छ । अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको उनको दावी छ ।

‘अचम्म त के भनेः यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरू फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन । यो देश कंगाल बनाउने त यिनीहरू हुन् त,’ उनले भने, ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ । तथ्यांक, आँकडाले बताउँछ । मान्छे नहुँदा जंगलमा मुलुक थियो होला । त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनै पर्छ ।’

देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने उनको भनाइ थियो ।

‘देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ । यो त देवभूमि हो । यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ । यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा,’ प्रधानमन्त्री ओलीले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ