टवल । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ विविध कार्यक्रम गरी तीन दिनसम्म मनाइने भएको छ ।
लुम्बिनीमा यही वैशाख २८, २९ र ३० गते विशेष उत्सवका रूपमा मनाइने लुम्बिनी विकास कोषले जनाएको छ ।
गौतम बुद्धको जन्म, बोधिज्ञान प्राप्ति र महापरीनिर्वाणको त्रियोग परेको दिन अर्थात् वैशाख पूर्णिमाका दिन विशेष समारोह हुने प्रचारप्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए । उनका अनुसार तीन दिने कार्यक्रममा एक करोड रुपैयाँ खर्च हुनेछ ।
गौतम बुद्धको जन्म दुई हजार छ सय ४९ वर्ष अघि अर्थात् ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उहटन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा पाँच सय ६९ सदस्यीय मूल आयोजक समिति गठन भएको छ ।
यस्तै, बैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा विशेष समारोह हुने भट्टराईले बताए ।
विशेष ममारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेसहित संघीय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रतिनिधिसभा, र प्रदेशसभा सदस्यज्यूहरु सहित उच्चस्तरीय पदाधिकारी, कुटनितिक नियोगका प्रतिनिधिका साथै विदेशी पाहुनाहरुको समेत महभागिता रहने उनले बताए ।
बुद्धजयन्तीको भोलीपल्ट वैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा र लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको छ ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
बालाचतुर्दशीमा पशुपतिनाथ तथा शिवालयहरूमा शतबीज छर्नेको घुइँचो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ मनाइयो
छठ प्रकृति र मानव जीवनबीचको सम्बन्ध स्थापित गर्ने पर्वः प्रदेश प्रमुख भट्ट
आजदेखि छठ पर्वको विधिवत् शुभारम्भ, कुन दिन के गरिन्छ ?
पोखराको भाइटीका महोत्सवमा १२ देशका एक सय पर्यटक सहभागी
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?