पोखरा । गण्डकी प्रदेशका युवा, खेलकुद तथा सामाजिक विकास मन्त्री बिन्दुकुमार थापाले अहिलेको विश्व परिबेशमा भगवान गौतम बुद्धको उपदेश झन उपयोगी हुने गरेको बताएका छन् । २५६९ औं बुद्ध जयन्तीको अवसरमा बैदाम तामाङ सेवा समाजले लेकसाइड खहरे स्थित पेमा धेछेन्लिङ गुम्वामा शनिबार आयोजना गरेको प्रवचन कार्यक्रम उदघाटन गर्दै थापाले छिमेकी मुलुक विच चर्केको द्धन्द, रुस युक्रेन विचको युद्धले मानब जगतलाई अशान्त तुल्याएकोमा चिन्ता व्यक्त गरे ।
उनले नेपालमा २५ सय ६९ बर्ष अघि जन्मिएर पनि आजको विश्व परिबेश सुहाँउदो उपदेश र ज्ञान दिएर भगवान गौतम बुद्धले मानब सभ्यतालाई गुन लगाएको बताए । बुद्धले देखाएको मार्गमा चल्न सके विश्वमा शान्ति छाउने उनको जोड थियो । उनले पोखराको लेकसाइड नजिकै निर्माण भएको गुम्बा पर्यटकिय आकर्षणको केन्द्र बन्दै गरेको सन्दर्भमा प्रदेश सरकारले पनि गुम्बा निर्माणका लागि आर्थिक सहयोग गर्ने बताए ।
कार्यक्रममा खेम्पो आचार्य सम्तेन लामाले भगवान गौतम बुद्धको बुद्धत्व, परिनिर्वाण तथा उपदेशबारे प्रवचन दिएका थिए । उनले मानिसको दुखको कारण तृष्णा भएको साथै तृष्णालाई जित्न सके दुखलाई जित्न सकिनेमा जोड दिए । वैशाख शुक्लपक्षको पूर्णिमा तिथिमा महात्मा गौतम बुद्धको त्रि–संयोग अर्थात् जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण समेत भएकाले योे तिथिलाई संसारका बौद्ध धर्मावलम्बीहरूले भगवान् बुद्धप्रति अत्यन्त श्रद्धा एवं भक्तिभाव व्यक्त गर्ने पावन दिवसका (बुद्ध जयन्ती) रूपमा मनाउने गरेको उनँले स्मरण गरे ।
पोखरामा आयोजित बुद्ध जयन्ती मुल समारोहकै साप्ताहिक कार्यक्रम अन्र्तगत भएको प्रबचन कार्यक्रममा बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले सबैको सहयोगमा पेमा धेछेन्लिङ गुम्वाको निर्माण गरिएको र यो गुम्वा पनि पोखराको धार्मिक पर्यटकिय गन्तब्य बनेकोमा खुसी प्रकट गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र पहारी, पेमा धेछेलिङ गुम्बाको प्रमुख लामा, नेपाल तामाङ लामा घेदुङको संघिय अध्यक्ष गुरु पाल्देन लामा, सुनिता लामा, रोश्मा तामाङले बोलेका थिए ।
गुम्वामा बुद्ध जयन्तीको दिन पुजा तथा वाङ कार्यक्रम राखिएको पनि समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह