पोखरा । पोखराका पर्यटन व्यवसायीले तनहुको बन्दिपुर गाउँपालीकासंग पर्यटन क्षेत्रमा सहयोग आदानप्रदान गर्ने वारे छलफल गरेका छन् ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकीको नेतृत्वमा गएको पर्यटन व्यवसायी हरुको टोलीले बन्दीपुर गाउँपालिकाद्धारा आयोजित अन्तिरक्रिया कार्यक्रममा सहभागि भएका थिए ।
पयर्टन ब्यवसायी तथा स्थानिय सरोकारवालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा पोखरा भ्रमण वर्ष सन् २०२५ र बन्दीपुर भ्रमण वर्ष सन् २०२५ का वारेमा चर्चा गरिएको थियो ।
कार्यक्रममा बोल्दै बन्दीपुर गाउपालिका प्रमुख सुरेन्द्रबहादुर थापाले पहाडकी रानी बन्दिपुरमा आन्तरिक र बाह्य पर्यटकका लागि भ्रमणका लागि अनुरोध गरेका छन् । बन्दिपुरलाई एग्रो टुरिजमको विकास गर्नका लागि भ्रमण वर्ष मनाउन लागिएको थापाले बताए । भ्रमण वर्षमा ५ लाख पर्यटक भित्राउने लक्ष्य रहेको उनले सुनाए ।
नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले पोखरा आउने पर्यटक पहाडको सुन्दरता हेर्न बन्दिपुर पनि जान सक्ने बताए ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले नेपालको पर्यटकीय राजधानी आउने पर्यटक आदानप्रदान गर्नका लागि आफुहरु लागेको बताए ।
कार्यक्रममा बन्दिपुर गाउँपालिकाका जनप्रतिनिध, भ्रमण वर्षका संयोजक एवं पर्यटन व्यवसायी वैश गुरुङ, सहसंयोजक, बन्दीपुर होटल संघ रेवान बन्दीपुरका प्रतिनिधि लगायतले बन्दिपुर भ्रमण वर्षका वारे बोलेका थिए ।
सम्बन्धित खबर
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?