पृथ्वीनारायण क्याम्पस, पोखराका उपप्राध्यापक डा. देवीलाल शर्मा एक जना विद्यार्थीमाथि जातीय विभेद गरेपछि कारबाहीमा परेका छन् ।
क्याम्पस प्रमुख डा. हरिप्रसाद पाठकले मंगलबार उपप्राध्यापक डा. देवीलाल शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखबाट हटाएका हुन् । उपप्राध्यापक शर्मालाई विभागीय जिम्मेवारीबाट मात्र नभई बर्खास्त नै गर्नुपर्ने विद्यार्थीको माग छ ।
डा. शर्माले एमबीए वित्ततर्फको शैक्षिक अवलोकन भ्रमणमा जाँदा विवाद भएपछि विद्यार्थी अमन परियारमाथि सोमबार अपमानजनक शब्द प्रयोग गरेर धम्क्याएका थिए ।
दलित विद्यार्थी समाजका अध्यक्ष अमृत विकले शैक्षिक स्थलमा जातीय विभेदका घटना पटक-पटक हुनु आपत्तिजनक भएको बताएका छन् । समाजले विज्ञप्ति निकाल्दै कारबाही माग गरेपछि क्याम्पसमा सक्रिय स्वतन्त्र विद्यार्थी युनियन, अनेरास्ववियु, दलित विद्यार्थी समाज, तराई कानुन विद्यार्थी संघले क्याम्पस प्रमुखको ध्यानाकर्षण गराएका छन् ।
क्याम्पस प्रमुख पाठकले शर्मालाई व्यवस्थापन अनुसन्धान विभाग प्रमुखको जिम्मेवारीबाट विशेष परिस्थितिका कारण हटाइएको पत्र थमाएका हुन् । वैशाख २६ मा विभाग प्रमुख बनेका डा. शर्माको जिम्मेवारी ५ दिनमै खोसिएको हो ।

सम्बन्धित खबर
युआरएल हस्पिटलचोकमा शिविर
पोखरा आइपुगे सञ्जु राठोड
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा वडा नं. १४ का टोल सुधार समिति र विद्यार्थीलाई प्रशिक्षण
फेवा किनारमा पुस १३ गतेबाट २७ औं सडक महोत्सव
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?