प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

प्रथम अर्जुनचौपारी फुटबल कपको उपाधि भाया एफसी पोखरालाई

Vaya FC upadhi arjp

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ को उपाधि भाया एफसी पोखराले हात पारेको छ ।

अर्जुनचौपारी गाउँपालिका – १ अर्जुनचौपारी खेलमैदानमा आयोजित प्रतियोगितामा पुतलीखेत एफसीलाई हराउँदै भाया एफसी विजेता बनेको हो ।

भाया एफसी पोखराले पुतलीखेत फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ को गोलले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा खेल सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।

युथ्स फर अर्जुनचौपारीले पहिलोपटक आयोजना गरेको खुल्ला क्लब स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा भाया एफसीले उपाधिसहित ७१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडल हात पारेको छ ।

पालिकामै पहिलोपटक आयोजना गरिएको फुटबल प्रतियोगिता उपविजेता बनेको पुतलीखेत एफसीले ४१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडलमा चित्त बुझाएको छ ।

यस्तै, तेस्रो बनेको बयरघारी युथ क्लबले २१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ ।

वैशाख २६ बाट सुरु भएको उक्त प्रतियोगतामा स्याङ्जा, कास्की, पर्वतका गरी १५ क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष विवेक भुसालले बताए ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र बेस्ट स्ट्राइकरलाई मेडलसहित पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ