स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित `प्रथम अर्जुनचौपारी फुटबल कप – २०८२´ को उपाधि भाया एफसी पोखराले हात पारेको छ ।
अर्जुनचौपारी गाउँपालिका – १ अर्जुनचौपारी खेलमैदानमा आयोजित प्रतियोगितामा पुतलीखेत एफसीलाई हराउँदै भाया एफसी विजेता बनेको हो ।
भाया एफसी पोखराले पुतलीखेत फुटबल क्लबलाई ट्राइबेकरमा ३–१ को गोलले पराजित गरेको हो । निर्धारित समयमा ३–३ गोलको बराबरीमा खेल सकिएपछि खेल ट्राइबेकरमा पुगेको थियो ।
युथ्स फर अर्जुनचौपारीले पहिलोपटक आयोजना गरेको खुल्ला क्लब स्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा भाया एफसीले उपाधिसहित ७१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडल हात पारेको छ ।
पालिकामै पहिलोपटक आयोजना गरिएको फुटबल प्रतियोगिता उपविजेता बनेको पुतलीखेत एफसीले ४१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडलमा चित्त बुझाएको छ ।
यस्तै, तेस्रो बनेको बयरघारी युथ क्लबले २१ हजार १११ रुपैयाँ नगदसहित शिल्ड र मेडल प्राप्त गरेको छ ।
वैशाख २६ बाट सुरु भएको उक्त प्रतियोगतामा स्याङ्जा, कास्की, पर्वतका गरी १५ क्लबको सहभागिता रहेको क्लबका अध्यक्ष विवेक भुसालले बताए ।
प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट गोलकिपर, बेस्ट डिफेन्डर र बेस्ट स्ट्राइकरलाई मेडलसहित पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो