धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

दुर्घटना

धादिङबाट पोखरा आउँदै गरेको ईभी माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

८ जना घाइते, बस सडकबाट ३५ मिटर तल बारीमा खस्यो

lame aahal acc (2)

पोखरा । धादिङबाट पोखरा आउँदै गरेको इलेक्ट्रिक माइक्रोबस  पृथ्वी राजमार्ग सडक खण्डको पोखरा-३२, लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

यद्यपी, मृतकका नाम प्रहरीले सार्वजनिक भने गरेको छैन ।

ग१ज ८६३० नम्बरको उक्त बसमा सवार अन्य ८ जना घाइते भएको जिल्ला ट्राफिक कार्यालय कास्की प्रमुख इन्सपेक्टर शोभा पाण्डेले जानकारी दिइन् । दिउँसो साढे ३ बजेतिर बस दुर्घटनामा परेको हो ।

घाइते ४ जनालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ७ जनालाई  पोखरा विश्वविद्यालय टिचिङ अस्पतालमा उपचारका लागि लगिएको थियो । एक जनालाई सिटीस्क्यानका लागि मणिपाल शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय, शिशुवा, कास्कीबाट प्राप्त प्रारम्भिक जानकारीः

तस्बिर: बुद्धराज बस्याल

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ