गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

गण्डकीको बजेट अधिवेशन जेठ ११ मा बोलाउन सिफारिस

Gandaki Pradesh Sabha 1

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशसभाको बर्खे (बजेट) अधिवेशन यही जेठ ११ मा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले उक्त दिन दिउँसो २ बजेलाई अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिलामन्त्री एवं सरकारका प्रवक्ता टकराज गुरुङले जानकारी दिए ।

यस अधिवेशनमा मुख्यतः आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट प्रस्तुत र छलफल हुनेछ ।

प्रदेश सभाको पछिल्लो अधिवेशन दुई महिना चलेर गत चैत २६ मा अन्त्य भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds