पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको रोजगारी क्षेत्रको सिकाई अनुभव आदानप्रदान कार्यक्रम गण्डकी र बागमती प्रदेश सरकारका सम्बन्धित मन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेशबीच श्रम, रोजगार र उद्यम प्रवद्र्धनसम्बन्धी नीतिगत तथा कार्यान्वयन पक्षमा गरिएका कामहरूको अनुभव साझा गरिएको हो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले वैदेशिक रोजगारीमा जाने श्रमिकले भोग्ने समस्या गम्भीर भएको र उक्त समस्यालाई समाधान गर्ने बाटोमा लाग्नुपर्ने आवश्यकतालाई औंल्याएका छन् । “गण्डकी प्रदेश सरकार युवालाई सीप सिकाएर स्वदेशमै अवसर सिर्जना गर्ने अभियानमा छ । सीप विकास तालिम केन्द्र र व्यवसायिक तालिम प्रतिष्ठान (जिटीईभीटी) मार्फत सीपमूलक तालिम दिइरहेका छौँ।”, उनले भने ।
मन्त्री थापाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषा बनाउन गण्डकी सरकार कानुन निर्माण चरणमा रहेको उल्लेख गरे । व्यवसायिक क्षेत्रमा जनशक्तिको अभाव भएको बताउँदै आफू पनि व्यवसायिक फिल्डबाट आएको मान्छे भएकाले यो समस्या अनुभूति गरेको उनले बताए ।
उद्यमशीलता प्रवद्र्धन र राइट शेयरिङ कार्यविधि जस्ता माध्यमबाट गण्डकी सरकारले पार्ट टाइम रोजगारीको ढोका खोल्दै गरेको अभिव्यक्ति उनको छ। सीपमूलक शिक्षा र उद्यममैत्री वातावरणले वैदेशिक रोजगारीकै कारण देखिएको सामाजिक असन्तुलनलाई चिर्न सक्ने विश्वास मन्त्री थापाले गरेका छन् ।
बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सिक्ने अवसर मिल्नु नै मुख्य कुरा भएको बताए । प्रदेशले गरेका राम्रा कामहरू जनताको बीचमा नलाँदा त्यसको औचित्यमाथि प्रश्न उठ्को भनाई उनको छ ।
“हामीले गरेका राम्रा अभ्यासलाई जनतासामु लैजानै पर्छ । गण्डकी प्रदेशका राम्रा पक्षहरू बागमतीले सिक्न सक्छ, र बागमतीका अभ्यासहरू गण्डकीले पनि लिनुपर्छ ।”, उनले भने । सामीको कार्यक्रम जनताको भोगाइसँग प्रत्यक्ष जोडिएको उत्कृष्ट कार्यक्रम भएको उनले उल्लेख गरे । रोजगार सिर्जनामा केन्द्रित बजेट र मानव संसाधन विकासमा केन्द्रित नीति–कार्यक्रम अबको अपरिहार्य रहेको उनले बताए ।
उनले रोजगारी सिर्जनालाई प्राथमिकता दिँदै भौतिकभन्दा मानव विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतालाई औंल्याए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार र बागमती प्रदेश सरकारले श्रम रोजगारीको क्षेत्रमा गरेका प्रयास तथा सामी कार्यक्रमको हालसम्मको संक्षिप्त प्रगति विवरण पेश गरेका थिए । दुबै प्रदेशका सचिवहरू, सम्बन्धित मन्त्रालयका निर्देशक तथा कर्मचारी लगायतको उपस्थिति रहेको कार्यक्रमले श्रम बजारको मागअनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, उद्यमशीलता विकास गर्ने र प्रदेशस्तरमै रोजगारी सिर्जना गर्न सक्ने वातावरण निर्माणमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित खबर
कार्यकक्षमै सब–इन्जिनियरमाथि कुटपिट, एक पक्राउ
नगरपालिकाको कार्यालयमै सब–इन्जिनियरमाथि कुटपिट, घटना विवरण भने गोप्य
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य