काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् ।
न्यायाधीशद्वय तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण मुद्दाको सुनुवाइ भएको थियो ।
मिश्रलाई रिहा गर्नुपर्ने मागसहित उनकी पत्नी सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन् । गैरकानुनी थुनामा राखिएको भन्दै भन्दै कार्कीले रिट दायर गरेकी थिइन् । १५ चैतमा तीनकुनमा भएको राजावादीको प्रदर्शनपछि प्रहरीले सोही दिन मिश्रलाई पक्राउ गरेको थियो ।
५० दिनदेखि प्रहरी हिरासतमा रहेका राप्रपा वरिष्ठ नेता रवीन्द्र मिश्रले सर्वोच्च अदालत पुगेका थिए ।

इजलासमा रवीन्द्रको धारणा :
श्रीमान् म छोटकरीमा केही कुरा राख्न सक्छु ? यहाँहरूको अनुमति हुन्छ भने म केही केरा राख्छु ।
यस किसिमको इजलासमा उपस्थित भएको जिन्दगीमा पहिलोचोटी हो । यसमा केही तलमाथि भए क्षमा गरिदिनुहोला । यसमा म केही छोटकरीमा कुरा राख्न चाहन्छु ।
किन म ५०औं दिनमा बन्दी प्रत्यक्षीकरणमा आएँ भने मैले सुरुदेखि नै अनुसन्धानलाई सघाउँछु भनेको थिएँ । तेस्रोपटकको म्याद थपको क्रममा मैले भनेँ, श्रीमान मलाई छानबिन गर्नका लागि जति दिनको म्याद चाहिन्छ, त्यति दिनुस् ।
उहाँले प्रहरीलाई १५ दिनको म्याद थपिदिनुभयो । त्यो १५ दिनको म्यादको बीचमा चैत्र ३० र वैशाख १ गते गरेर मेरो बयान सकियो । बयान सकिएपछि चौथो बयानमा वैशाख १० गते लिखित आदेश दिइयो ।
त्यसपछि ४२औं दिनमा मलाई जबरजस्ती अर्को पुर्जी ल्याएर थमाइयो, अपराधिक अपद्रव । त्यसपछि पाँच दिनको लागि दिइएको समयभित्र बयान लिइएन । मैले बल गरेर बन्दी प्रत्यक्षीकरणमा जानुअघि मेरो बयान लिइदिनुपर्यो भनेपछि हिजो साँझ मेरो बयान सकियो ।
त्यसरी बयान सकिएपछि मलाई आठौंचरणको म्याद थपसम्म आउँदा मलाई के अनुभूति भयो भने यो देशमा अघि सम्मानीय अधिवक्ताहरूले भन्नुभएजस्तो राजनीतिक हुकम प्रमांगीबाट यो सबै भइरहेको छ भन्ने मलाई अनुभूति भयो ।
राज्यको अधिकार हुने, म नागरिकको अधिकार नहुने भएपछि अन्तिम घडीमा भए पनि म बन्द प्रत्यक्षीकरणमा जान्छु भनेर यहाँ आएको हुँ । उहाँहरूले अब १० दिन त हो नि भनिरहनुभएको छ । तर, मैले अब एक घण्टा पनि गैरकानुनी ढंगबाट हिरासतमा बस्न चाहन्नँ भनेर आज सर्वोच्चको ढोका ढकढक्याउन आइपुगेको छु ।
मेरो बयान सकियो, मेरो मोवाइल फोन सिज गरिएको छ । मेरो बैंक खाता रोक्का गरिएको छ । फेसबुकसँग पत्राचार गरेर मेरो डिटेल मगाउनुभएको छ । अब म जान्छु कहाँ ? अब उहाँहरूले मलाई हिरासतमा राखेर मेरो छाती चिरेर मेरो मुटु हेर्ने ? के हेर्नु हुन्छ उहाँहरूले ? म भागेर कहाँ जान्छु ?
आजसम्म नाक ठाडो पारेर यो देशको कानुन र नियम पालन गरेर बसेको नागरिक हुँ । आज पनि कानुन र नियम मान्दछु ।
यो देशमा जनता र ईश्वरको नाममा कसम खानेहरूले धेरै फट्याईं गरे र यो देशलाई धेरै हानी पुर्याए । श्रीमान् मेरो यो मनोगत टिप्पणी होइन । आज म मेरो ८२ वर्षकी डिमेन्सिया भएकी, अरुले डाइपर फेरिदिनुपर्ने, अरुले खुवाइदिनुपर्ने, अरुले सुताइदिनुपर्ने गम्भीर अवस्थाकी विरामी आमाको नाममा कसम खाएर भन्छु, मैले यो देशमा राज्यविरुद्धको कसुरजन्य, संगठित अपराधजन्य र अहिले फेरि थपिएको अपराधिक उपद्रवजन्य कुनै पनि काम गरेको छैन । छ भने प्रमाणित गरेर देखाउनुस् ।
सम्बन्धित खबर
आइतबार बिदा खारेज गर्ने पक्षमा अझै छैन सरकार
बीवाइडी कर छली प्रकरणमा छानबिन समिति बन्यो
फागुनको निर्वाचन विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की !
मोदीले रविसँग भने : नेपालको नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ
प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको हो: प्रवक्ता
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही, सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन