पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेमा रगत निःशुल्क उपलब्ध कार्यक्रमलाइ निरन्तरता दिइने बताएका छन् ।
२०७८ सालबाट गण्डकीका सबै अस्पतालमा उपचार गराउने विरामीलाइ रगतको आवश्यकता परेमा निुःशल्क उपलब्ध गराइँदै आएकोमा आगामी वर्ष पनि निरन्तरता दिइने मन्त्री थापाले बताए ।
नेपाल रेडक्रस सोसाइटी, गण्डकीको सातौँ साधारण सभाको उद्याटन गर्दै मन्त्री थापाले नेपाल रेडक्रस सोसाइटीसंगको समन्यमा रक्त तत्व निःशुल्क वितरण कार्यक्रम प्रभावकारी बनेको बताए । मन्त्री थापाले रेडक्रसले मानवीय सेवा गर्दै आएको कामको प्रसंसा गरे ।
साधारण सभामा नेपाल रेडक्रस सोसाइटी गण्डकीका अध्यक्ष सूर्यप्रसाद ढकालले रक्त संचालन, एम्बुलेन्स र विपद्का बेलालाई केन्द्रीत गरेर प्रदेश गोदाम घरको व्यवस्था गरिएको बताए ।
प्रदेशमा १ लाख २७ हजार ४६५ स्वयंसेवक रहेका ढकालले जानकारी दिए । रेडक्रसका शाखा र उपशाखा मार्फत प्रदेशमा २७ वटा एम्बुलेन्स, ८ वटा ब्लड बैंक र १३ वटा ब्लड बैंकका युनिट संचालन रहेका छन् ।
यो वर्ष ५० हजार २ ८५ युनिट रगत वितरण भएको छ ढकालले जानकारी दिए । प्रदेशमा गोदाम घर ब्यवस्थित गर्न नसक्दा भण्डारमा समस्या भएकाले गोदाम घर निर्माणका लागि सहयोग गर्न ढकालले प्रदेश सरकारसंग माग गरे ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य एवं स्याङ्जा जिल्लाका सभापति दिनेश अर्यालले नेपाल रेडक्रसमा देखिएका समस्या समाधानका लागि सरकारले आइसिआरसी र आएफआरसी लाई समेत विश्वासमा लिए टुन्गोमा पुर्याउनुपर्ने बताए । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पगेनीले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा महासचिव रामदत्त पौडेलले सांगठनिक विकास प्रतिवेदन, कोषाध्यक्ष नारायण प्रसाद घिमिरेले प्रस्तुत गरेकोे आर्थिक प्रतिवेदन तथा लेखा संयोजक डक्टर देवीलाल शर्माले राख्नुभएको लेखा समितिको प्रतिवेदन समेत सभाबाट पारित भएको छ । सो अवसरमा स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष दिपेन्द्र अधिकारी, नेरेसो कास्कीका सभापति उर्मिला खड्का तथा नेपाल रेडक्रस सोसाइटी बागलुङ जिल्ला शाखाका सभापति जगन्नाथ शर्मा, प्रदेश सदस्य सीता शर्मा, एवं युवा रेडकस सर्कल रतन पाण्डे माध्यमिक विद्यालयका संरक्षक एवं कास्की जिल्लाका उपमन्त्री डिल्लिराम बरालले शुभकामना मन्तब्य र गण्डकी प्रदेशका उपाध्यक्ष फुलमाया गुरुङ ले स्वागत मन्तव्य राखेकी थिइन् ।
रेडकसका सिद्धान्त अनुरूप गतिविधिहरू सञ्चालन गर्न विशेष योगदान पुर्याउने नेपाल रेडक्रस सोसाइटी गोरखा जिल्ला शाखाका शाखा प्रमुख सुवाष घिमिरे, तेस्रो र चौथो प्रदेशस्तरीय जुनियर युवा रेडक्रस गोष्ठी सञ्चालन गर्न आतिथ्यथा गर्ने रतन पाण्डे माध्यमिक विद्यालय पोखरा १३ आर्वा र युवा रेडक्रस सर्कल मङ्गला माध्यमिक विद्यालय मध्य नेपाल तीन सोती पसललाई सम्मान गरिएको थियो ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु