लेखनाथ । पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्ण कुमार गुरुङको परिवारले आफ्ना स्वर्गीय बुबा र दाजुको स्मृतिमा शुक्रबार विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष अक्षयकोष स्थापना गरेका छन् ।
वडाध्यक्ष गुरुङकी आमा विवीकुमारी गुरुङ, दाजु क्याप्टेन इन्द्रबहादुर गुरुङ सहितको उपस्थितिमा स्व. बुबा अमर बहादुर गुरुङ र दाजु स्व धन बहादुर गुरुङको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोष पोखरा माहानगर पालिका वडा नं २७ को वीर आधारभूत विद्यालयमा स्थापना गरेका हुन् ।
गरिव तथा जेहेन्दार विद्यार्थीको शैक्षिक बिकासमा सहयोग पुग्ने सोंचका साथ गुरुङको परिवारले उक्त रकमको चेक प्रधानाध्यापक विन्दु सुवेदीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले बुबा र दाजुको सम्झनामा विद्यालयका विद्यार्थीहरूको शैंक्षिक विकासमा सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको बताए। सोही अवसरमा विद्यालयका सल्लाहकार समेत रहेका समाजसेवी सुवेदार मेजर जगबहादुर गुरुङले विद्यालयलाई नगद पचास हजार रुपैया सहयोग गरे । यस्तै अर्का समाज सेवी रामबहादुर गुरुङ ढल्केले नगद पन्ध्र हजार रुपैया सहयोग गरका थिए ।
कार्यक्रममा बोल्दै लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल र राइजिङ स्टार युवा क्लबका अध्यक्ष यमप्रसाद गुरुङले दाताहरुलाई धन्यवाद दिंदै रकमको सदुयोग हुने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
स्याङ्जामा बेवारिसे एकनाले भरुवा बन्दुक फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो