पोखरा । पोखरा १५ स्थित संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरा ९ मा शनिबार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।
नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोग, पोखरा ९ स्थित चण्डिका आमा समूहको व्यवस्थापन र पोखरा महानगरपालिका वडा नं ९ कार्यलयको समन्वयमा कार्यक्रम गरिएको हो । शिविरबाट ६८ जना लाभान्वित भएका छन् ।
शिविर उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले यस्ता कार्यक्रमले स्थानीय सरकारलाई सहयोग हुने उल्लेख गरे। नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले संघले सरकार, संघसंस्था र समुदायसँग सहकार्य गर्न चाहेको बताए ।
कार्यक्रममा संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका वरिष्ठ व्यवस्थापक बृहस्पती अधिकारी, टोल विकास संस्था वडा समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी लगायतले बोलेका थिए ।
संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नव राज तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा चण्डिका आमा समूहकी अध्यक्ष सीता नेपालीले स्वागत र संगम बचत तथा ऋण सहकारीकी संचालक विष्णुमाया थापाले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ