पोखरा । गण्डकीका प्रदेश प्रमुुख डिल्लीराज भट्टले बाल्यावस्थाबाटै सेवा भावना विकसित गर्दै सकारात्मक सोच फैलाउन जरूरी रहेको बताएका छन् ।
नेपाल रेडक्रस सोसाइटी, कास्कीको आयोजना तथा जुनियर रेक्रस सर्कल, छोरेपाटन माविको व्यवस्थापनमा भएको कास्की जिल्ला स्तरीय संरक्षक गोष्ठीमा बोल्दै प्रदेश प्रमुख भट्टले सामाजिक गतिविधिमा बालबालिकालाई संलग्न गराउँदा सकारात्मक परिवर्तन आउने बताए ।
‘कलिलो उमेरबाटै अरुको सेवा गर्नुपर्ने भावना विकसित गर्न सकेमा ती बालबालिका भविष्यमा नैतिकवान्, कर्मठ र ईमान्दार दक्ष नागरिक बन्नेछन् ’ उनले भने – ‘नैतिक शिक्षाले उनीहरु असल मार्गमा अघि बढ्छन् । हिंसा र अपराधबाट जोगिन्छन् । परिवर्तनका लागि सकारात्मक सोच अत्यन्त जरुरी छ ।’

स्वयंसेवी कार्यकर्ता, युवाहरूको सक्रिय संलग्नता र सामुदायिक सहभागितामार्फत् रेडक्रसले आफूलाई अग्रपंक्तिमा उभ्याएको भट्टले उल्लेख गरे । उनले गोष्ठीमा प्रस्तुत कार्ययोजना, छलफल तथा विचार मन्थनबाट संस्थागत कामकारबाहीको मूल्यांकन, सुझाव ग्रहण र आगामी दिनको योजना तर्जुमा गर्न सक्षम बनोस् भन्दै संस्थालाई सबिलकरणको दिशामा अघि बढाउन दिशानिर्देश गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
‘रेडक्रस भन्ने बित्तिकै मानवियता र सेवा भावना जोडिन्छ । युद्ध, प्राकृतिक विपद् र अन्य आपत्कालीन अवस्थामा पीडितलाई सहायता पु¥याउने उद्देश्यका साथ रेडक्रसले कामहरू गर्दै आएको छ ।’ उनले भने ।
स्थानीय समुदायमा मानवीय सेवाको आवश्यकता बोध हुँदा सम्झिने पहिलो सामाजिक संस्था रेडक्रसले मानवतालाई जीवित राखौँ मूल मन्त्रका साथ काम गर्दै आएकोमा आभारपनि व्यक्त गरे ।

‘रेडक्रसले जिल्लास्तरीय समिति अन्तर्गत विभिन्न उप–शाखाहरू, समुदायस्तरीय युवा सर्कल, स्वयंसेवक समूह र विद्यालय अन्तर्गत जुनियर तथा युवा रेडक्रस सर्कलहरूलाई क्रियाशील बनाउँदै फराकिलो क्षेत्र ओगटेको छ ।’ प्रदेश प्रमुख भट्टले थपे – ‘रेडक्रस, स्काउट, लायन्स, रोटरी जस्ता संस्था संघसंस्थाहरू गर्वलायक सामाजिक संघसंस्था हुन् । मानव जीवनको अमूल्य वस्तु रगतको अभाव हुँदा सबैभन्दा पहिले सम्झने संस्था भनेकै रेडक्रस हो ।’
रगत उपलब्ध गराउने काम सँगसँगै नेपालमा महामारी, भूकम्प तथा बाढीपहिरोको पीडामा रहँदा रेडक्रसले अग्रणी भूमिका खेलेको बताउँदै भट्टले पीडितहरुलाई खाद्यान्न लत्ताकपडादेखि तत्कालिन एम्बुलेन्स सेवा, स्वास्थ्य सेवा, परामर्श लगायत कार्य रेडक्रसकै अगुवाईमा भएको उल्लेख गरे ।
रेडक्रसले सामाजिक रूपान्तरणमा सकारात्मक प्रभाव पारिरहेको उल्लेख गर्दै आगामी दिनमा राज्यको निकायसँग सहकार्य, प्रविधिको उपयोग र नवप्रवर्तनशील कार्यक्रमहरूका माध्यमबाट रेडक्रस अझ प्रभावकारी रूपमा समाजसेवामा अग्रसर हुने विश्वास पनि उनले व्यक्त गरे ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन