मदन भण्डारीको असल उत्तराधिकारी नै केपी ओली: खगराज अधिकारी

मदन भण्डारीको असल उत्तराधिकारी नै केपी ओली: खगराज अधिकारी

३५० ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान

khagaraj adhikari

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीले नेपालका कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्‍याए,’उनले भने, ‘मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली हो ।’

उनले राष्ट्रियताको रक्षा र देशको समग्र विकासमा सरकारले ध्यान दिएको बताए । एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाएको समेत उनले दावी गरे । अधोगतिमा लागेको अर्थतन्त्रलाई सुधारको लागि प्रयास भएको उल्लेख गर्दै उनले सरकारले सडक पूर्वाधार, विमानस्थल लगायत गौरवयोग्य काम गरेको उल्लेख गरे ।

वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक प्रवचन सहितको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले ज्येष्ठ कम्युनिस्टले बनाएको जस्तै अवस्थामा अहिले पार्टी रहेको सुनाए । सोही कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्‍याएका ३ सय ५० ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान गरिएको थियो ।

यस्तै, पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाइ, शालिकमा माल्यार्पणसँगै जवजको विशेषता वाचन कार्यक्रम गरिएको छ ।

यसैगरी, ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेश कमिटीको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भयो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ