पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली भएको बताएका छन् ।
नेकपा एमाले जिल्ला कमिटी कास्कीले ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘जनताको बहुदलीय जनवादका प्रतिपादक जननेता मदन भण्डारीले नेपालका कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई उचाइमा पुर्याए,’उनले भने, ‘मदन भण्डारीको असल उत्तराधिकारी पार्टी अध्यक्ष केपी शर्मा ओली हो ।’
उनले राष्ट्रियताको रक्षा र देशको समग्र विकासमा सरकारले ध्यान दिएको बताए । एमाले अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले जनतामा आशा जगाएको समेत उनले दावी गरे । अधोगतिमा लागेको अर्थतन्त्रलाई सुधारको लागि प्रयास भएको उल्लेख गर्दै उनले सरकारले सडक पूर्वाधार, विमानस्थल लगायत गौरवयोग्य काम गरेको उल्लेख गरे ।
वर्तमान परिस्थितिमा जनताको बहुदलीय जनवाद विषयक प्रवचन सहितको कार्यक्रममा स्थायी कमिटी सदस्य अधिकारीले ज्येष्ठ कम्युनिस्टले बनाएको जस्तै अवस्थामा अहिले पार्टी रहेको सुनाए । सोही कार्यक्रममा नेपालको कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका ३ सय ५० ज्येष्ठ कम्युनिष्टहरूलाई सम्मान गरिएको थियो ।
यस्तै, पोखरा महानगरपालिका–१६ खोलाखेतस्थित मदन –आश्रित पार्क सरसफाइ, शालिकमा माल्यार्पणसँगै जवजको विशेषता वाचन कार्यक्रम गरिएको छ ।

यसैगरी, ३२ औं मदन आश्रित स्मृति दिवसको सन्दर्भमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेश कमिटीको आयोजनामा शनिबार निशुल्क आँखा शिविर सम्पन्न भयो ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा