पाेखरा नदीपुरमा अवस्थित अग्रणी विद्यालय प्रतिभा माविले अभिभावक तथा शिक्षकहरुबीच भेटघाट कार्यक्रम ‘मीट एण्ड ग्रीट’ गरेकाे छ ।
नर्सरीदेखि कक्षा १ सम्म अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरु र शिक्षिकशिक्षिकाहरुसँग विद्यालयमा नै सो कार्यक्रम गरिएको हो ।
विद्यालयका प्राचार्य किरण सापकाेटाले कार्यक्रमको औचित्य माथि प्रष्ट पार्नुका साथै अभिभावकहरुले राखेको गुनासो तथा जिज्ञासालाई सहजीकरण गरेका थिए ।

प्राचार्य सापकाेटाले विद्यालयले शिक्षण सिकाईमा प्रविधिलाई जाेड दिएकाे बताए । बालबालिकालाई सैद्वान्तिक कुराहरुसँगै व्यवहारिक ज्ञान पनि दिनुपर्ने उनकाे भनाई छ । उनले सबै बालबालिकाकाे सिक्ने क्षमता एकै किसिमकाे नहुने हुनाले आफ्नाे बच्चालाई अरुसँग तुलना गर्न नहुने बताए ।
कार्यक्रममा सिपिएस / सिपिआरएस काेअर्डिनेटर निर्मला सुवेदीले सिपिएस / सिपिआरएस विधिकाे बारेमा अभिभावकहरुलाई प्रष्ट पारिन् । विद्यालयले बालबालिकाकाे सर्वाङ्गिण विकास गर्ने उद्देश्यले साे विधिबाट अध्यापन गराउने गरेकाे उनकाे भनाई छ ।

कार्यक्रममा विद्यालयले अभिभावकबाट गरेका अपेक्षा र अभिभावकहरुले पनि विद्यालयबाट गरेका अपेक्षाहरुबिच छलफल भएकाे थियाे । उपस्थित अभिभावक, शिक्षक तथा विद्यालय प्रशासनले आआफ्नो ठाउँबाट कर्तव्यबोध गरि बालबालिकाहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउन लागिपर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा अभिभावकहरुबीचमा क्विज तथा विभिन्न खेलहरु सञ्चालन गरिएकाे थियाे भने विजेता अभिभावकलाई पुरस्कृत समेत गरिएकाे थियाे ।

शिक्षिकाहरुले नृत्यसँगै स्वागत तथा बिदाई गीत गाएका थिए भने बालबालिकाहरुले पनि नृत्य प्रस्तुत गरेका थिए । बालबालिकालाई अभिभावक र विद्यालयमा कस्ताे वातावरण चाहिन्छ भन्ने जानकारीमुलक नाटक पनि कार्यक्रममा मञ्चन गरिएकाे थियाे भने शिक्षिका मिना रानाभाटले कविता वाचन समेत गरेकी थिईन् ।

शिक्षिकाद्वय शैली ताम्राकार र रभिना थापाले सञ्चालन गरेकाे कार्यक्रमको स्वागत विद्यालयका सह-प्राचार्य प्रदिप खनाल र धन्यवाद ज्ञापन फाईनान्स डिरेक्टर विश्वगाेपाल पराजुलीले गरेका थिए । कार्यक्रममा विद्यालयका एमडी सन्देश पौडेलको पनि उपस्थिति थियो ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा