पोखरा । मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशको आयोजनामा सम्पन्न निःशुल्क आँखा शिविरमा तीन सय ४७ जनाले आँखा जाँच गराएका छन् ।
३२ औं मदन आश्रीत स्मृति दिवसको अवसरमा हिमालय आँखा हस्पिटलको प्राविधिक सहयोगमा पोखरा रंगशालामा आयोजना गरिएको शिविरमा खेलाडी, खेल संस्थाका प्रतिनिधी, पत्रकार गरी तीन सय ४७ जनाले आँखा जाँच गरेको मदन भण्डारी स्पोर्टस एकेडेमी गण्डकी प्रदेशका अध्यक्ष गिरमान गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार शिविरमा १ सय ९१ जनालाई औषधी वितरण, ३९ जनालाई चश्मा वितरण, मोतियाविन्दुको समस्या देखिएको ७ जना र अन्य ३९ जना र आँखामा मासु पलाएका ११ जनालाई हिमालय आँखा हस्पिटल घारीपाटन रिफर गरिएको छ ।

शिविरमा सहभागीहरुको दृष्टि विशेषज्ञहरु अनिश अधिकारी, रोष्ना भुजेल, झरना बुढा र रितिका किजु लगाएतले सहजीकरण गरेका थिए ।
यसअघि शिविरको उद्घाटन गर्दै पोखरा महानगरका उप प्रमुख मन्जुदेवी गुरुङले मदन भण्डारी स्पोर्टस एकेडेमीले खेलकुदको गतिविधी संगै सामाजिक उत्तरदायित्व वहन गर्ने गरी आँखा शिविरको आयोजना गरेकोमा आभार प्रकट गरिन् ।
कार्यक्रमको सञ्चालन एकेडेमीका सचिव दिपक आचार्यले गरेका थिएभने कार्यक्रममा उपाध्यक्ष सुुजन आचार्यले स्वागत मन्तब्य राखेका थिएभने केन्द्रीय सदस्य तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
सम्बन्धित खबर
कार्यकक्षमै सब–इन्जिनियरमाथि कुटपिट, एक पक्राउ
नगरपालिकाको कार्यालयमै सब–इन्जिनियरमाथि कुटपिट, घटना विवरण भने गोप्य
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जामा किशोरी मृत्यु प्रकरण: डेरा कोठाभित्र किशोरीको शव, २३ वर्षीय युवक पक्राउ
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
यो पनि पढौँ
प्रतिभाका पाँच विद्यार्थीले ल्याए उच्चतम् ४ जीपीए
शान्ति निकेतनका तीन विद्यार्थीको ४ जीपीए
मन्त्रालय घटाउने सरकारको निर्णय, कुन मन्त्रालय कहाँ गाभिए?
राष्ट्रिय सभामा अध्यादेश रोक्न विपक्षीको गृहकार्य