पोखरा । मोफसलको सबैभन्दा पुरानो साहित्यीक संस्था शुक्ला साहित्य प्रतिष्ठान,पोखराको आयोजनामा सामुदायिक विद्यालय स्तरीय कविता प्रतियोगिता हुने भएको छ ।
पोखराका १६ र १९ नम्वर वडाका सामुदायिक विद्यालयका ८ वटा तथा माछापुच्छ्रे गाउँ पालिका २ सार्दिखोलामा रहेको माछापुच्छ्रे मा वि गरी ९ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाउने कार्यक्रमका संयोजक पत्रकार यदुनाथ बन्जाराले बताए । यही जेठ ९ गते तल्लाकोटमा रहेको बिन्ध्येश्वरी माविमा हुने प्रतियोगितामा पोखरा १६ मा रहेको विन्ध्यवासिनी मावि बाटुलेचौर, इन्द्रराज्यलक्ष्मी मा.वि, लामाचौर, अन्नपूर्ण आ वि, अर्मला, ज्ञानज्योती मावि, छहरेपानी र शान्ती मा वि जुम्लेटी यस्तै पोखरा १९ मा भारती भवन मा वि पुरन्चौर, महेन्द्र मा बि घार्मी, बिन्धेश्वरी मा.वि तल्लाकोट रहेको छ। खुल्ला कविता प्रतियोगितामा प्रत्येक विद्यालयबाट २/२ जना विद्यार्थीले सहभागिता जनाउन सक्ने गरी प्रबन्ध मिलाइएको प्रतिष्ठान सचिव रामप्रसाद पौडेलले बताए ।
मोफसलमा रहेर साहित्य, कला र संस्कृतिको जगेर्ना र प्रबर्द्धनमा सकृय रहदै आएको शुक्ला साहित्य प्रतिष्ठानले साहित्यको बिकास र उन्नयनमा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेको छ । साहित्यको बिकाश गर्न विद्यालयलाई जगको रुपमा लिइएको र साहित्य सम्बन्धी विभिन्न कार्यक्रमहरु आलोपालो गरिने नीति लिइएको प्रतिष्ठानका अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले बताइन् । कविता प्रतियोगिता सम्पन्न गर्न यदुनाथ बन्जाराको सयोजकत्वमा लक्ष्मी देवकोटा र प्रकाश अधिकारी सदस्य रहेको समिती गठन गरिएको छ । साहित्य कला र धर्म सस्कृतिको प्रबर्द्धनका लागि स्थानिय र प्रदेश सरकारले बजेटको प्रबन्ध मिलाउन सकेमा देश र जनताले महसुस गर्ने गरि उपलब्धी दिन सकिनेमा दुई मत छैन ।
आगामी आ बको बजेटमा बजेट बिनियोजन गर्न दुबै तहको सरकारलाइ अनुरोध गर्ने प्रतिष्ठानका उपाध्यक्ष दिपेन्द्र बानियाँले बताएका छन् । प्रतिष्ठानले हरेक भाद्र कृष्ण जन्माष्टमीको दिन राष्ट्रिय स्तरको कृष्ण भजन प्रतियोगीता गर्दै आईरहेको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
स्याङ्जामा चिप्लिएर नहरमा खसेका वृद्धको मृत्यु
माइक्रो बस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन