पोखरा । जगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निःशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।
गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक पेश गर्दै सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा युआरएल अघि बढेको जनाए ।
उनले प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्राप्त रेफरेन्स ल्याब भएकाले सचेतनासँगै गुणस्तीय जाँचको महत्व र समय समयमा जाँच गर्ने बानी विकास गराउन युआरएलले विभिन्न संघ, संस्थासँग सहकार्य गर्दै शिविरहरुमा सहभागिता जनाउँदै आएको बताए । समाजसेवी भोला बरालले युआरएलको सेवाले राजधानी र विदेश उपचारका लागि जानुपर्ने बिरामीलाई निकै सहज भएको सुनाए ।
समूहकी अध्यक्ष बकावली रञ्जित शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती बराल, सानु जोजिजू लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो