पोखराको आकाशमा पर्यटक उडाउने प्याराग्लाइडिङ पाइलटले मादकपदार्थ र लागु पदार्थ सेवन गर्ने गरेको गुनासो आएको धेरै भयो। बेला बेलामा चेकजाँच पनि गरिएका छन् । केहीले सेवन गरेको भेटिँदै आएको छ।
अहिले फेरि गुनासो आएपछि कास्की प्रहरीले प्याराग्लाइडिङको ‘टेकअफ प्वाइन्ट’मै पुगेर परीक्षण गरेको छ। पाइलटले लागुपदार्थ र मापदक पदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि कास्की प्रहरीको टोली नै प्याराग्लाइडिङको टेकअफ प्वाइन्ट पोखरा–१८ मान्द्रेढुंगा पुगेको थियो।
मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षणको क्रममा प्रहरीले एकजना पाइलटले मादकपदार्थ र लागुपदार्थ सेवन गरेको फेला पारेको थियो। सबैगरी ३९ जना पाईलटको मापसे र सोही मध्येका १५ जना पाईलटको लापसे चेकजाँच गर्दा एकजना पाईलटले मापसे र लापसे दुवै सेवन गरेको पाइएकोले निजलाई नियन्त्रणमा लिई कानूनी प्रकृया अगाडी बढाईएको कास्की प्रहरीले बताएको छ।
कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले प्याराग्लाइडिङका पाइलटले मापसे र लापसे सेवन गर्ने गरेको भनेर उजुरी आएपछि छड्के परीक्षण गरेको बताए।
मल्टि ड्रग टेष्ट किटबाट परीक्षण गर्दा लागुपदार्थ र मापदक पदार्थ सेवन गरे नगरेको भनेर पाँचमिनेटमै थाहा हुन्छ। लागुपदार्थको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिनेछ । ‘प्याराग्लाइडिङ उडान सुरक्षित होस भन्ने हाम्रो चाहना हो। यो पोखराको महत्वपूर्ण पर्यटकीय प्रडक्ट हो। यसलाई सुरक्षित बनाउँदा पर्यटक र पाइलट सबै सुरक्षित हुन्छन,’ ओलियाले भने, ‘अधिक पर्यटकले रुचाएको साहसिक पर्यटकीय प्रडक्ट कुनै कारणबाट पनि असुरक्षित हुनु हुँदैन।’
अहिले पोखरामा ५७ वटा कम्पनिले प्याराग्लाइडिङ उडानका लागि अनुमति लिएका छन् । ती कम्पनिमा २ सय ६० जना पाइलट कार्यरत छन् । तर, अहिले पाहुना अभावमा दिनमा बढीमा एकसय ४० हाराहारीमा उडान भएका छन् ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा