स्याङ्जामा निजी तथा सार्वजनिक सवारीसाधन चलाउने चालकहरुलाई लागूपदार्थ सेवन गरे वा नगरेको थाहा पाउनका लागि लापसे चेकजाँच अभियान सुरु गरिएको छ ।
मंगलबार पुतलीबजार नगरपालिका – १ सिद्धार्थ राजमार्गस्थित विष्णुपधेंरा बसपार्कमा लागूपदार्थ सेवन चेकजाँच अभियानको पहिलो दिनमै प्रहरीले तीनजना चालकहरुले लागूपदार्थ सेवन गरी सवारीसाधन चलाइएको फेला पारेको थियो ।
पहिलो दिनमा करिब ३० जना सवारी चालकहरुको लापसे चेकजाँच गर्दा तीन जना चालकहरुले लापसे गरेको पाइएकोले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेले सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले यो अभियानको सुरुवात गरिएको बताए । ‘यात्रा तथा यात्रुहरू सुरक्षित हुन् भन्ने हाम्रो चाहना हो । यसलाई सुरक्षित, मर्यादित र भरपर्दो बनाउँदा यात्रा तथा यात्रुहरु सबै सुरक्षित हुन्छन्’, एसपी न्यौपानेले भने, ‘आगामी दिनमा यो लापसे चेकजाँच अभियानलाई निरन्तरता समेत दिन्छौं ।’
सवारीसाधन चालकहरुलाई मल्टी ड्रग टेस्ट किटबाट परीक्षण गरिएको थियो । उक्त किटबाट लापसे गरे नगरेको भनेर पाँच मिनेटमै थाहा हुन्छ । लागूपदार्थ सेवनको परीक्षणका क्रममा भने पिसाब परीक्षण गरिन्छ ।
सम्बन्धित खबर
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
सुन्तला रोप्दै गरेका रेग्मी घाइते बनेको घटनामा धरौटीमा छुटेका शाही पुनः पक्राउ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
दान बहादुर कार्की बने नेपाल प्रहरीको ३३ औं महानिरीक्षक
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’