पोखरा । ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा थुनामा रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई सूर्यदर्शन सहकारी ठगी प्रकरणमा भने २० लाख धरौटी माग भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई सूर्यदर्शन सहकारीका हकमा २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।
धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।
सोही आदेशअनुसार कारागारमै छन् । उनीविरुद्ध कास्की अदालतमासमेत इमेज सहकारी ठगी प्रकरणको मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।
पोखरा र बागलुङमा गरी दुइटा सहकारीबाट नेपालीले २ अर्ब ठगी गरेर बचतकर्ताको बिचल्ली पारेका छन् ।
छानबिनका क्रममा सहकारी ठगी अभियोग लागेपछि मेयर नेपाली १६ महिना भारतमा लुगेर बसेका थिए । नेपाल प्रहरीले उनलाई गत असोज ११ गते नयाँ दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी