पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।
कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए । कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी खेले । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, सौरभ सिद्धिकीले टिमका लागि २५ रनको योगदान गरे । तनहुँका बलरहरु बरदान यादवले ४ तथा सौरब कुशवाह, सुप्रिम सुनार र स्पर्श तामाङले समान २/२ विकेट लिए ।
तनहुँका ब्याटर रोज श्रेष्ठले अर्धशतकिय पारी खेल्दै ५९ रन जोडेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, सुप्रिम सुनारले व्यक्तिगत २२ रनको योगफल तयार पारे । कास्कीका अन्य बलरहरु अनिस रावत र स्मित कँडेलले २/२ तथा राज परियारले १ विकेट लिएका थिए । जितसंगै कास्कीले समुह ‘ए’ मा शिर्षस्थान कायम गरेको छ । उसले २ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेको छ । दोश्रो स्थानमा रहेको तनहुँसंग २ अंक छ भने कुनैपनि खेल जित्न नसकेको बाग्लुङ पुच्छरमा रहेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु