तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित

तनहुँ माथि कास्कीको १ रनको रोमाञ्चक जित

kaski 2

पोखरा । पोखरामा जारी यु–१६ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगितामा कास्कीले तनहुँमाथि १ रनको रोमाञ्चक जित निकालेको छ । निर्धारित ३५ ओभरको खेलमा टस जितेर व्याटिङ रोजेको कास्कीले २९.१ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । प्रत्युत्तरमा जितको नजिकै पुगेको तनहुँले १ सय २९ रन जोड्दा ३१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउन पुग्यो ।

कास्कीको जितमा नायक सावित भएका प्लेयर अफ द म्याच सोनु यादवले महत्वपूर्ण ३ विकेट लिए । कास्कीको ब्याटिङमा विमोचन सापकोटाले २७ रनको पारी खेले । उनले २ छक्का र २ चौका प्रहार गरेका थिए । त्यस्तै, सौरभ सिद्धिकीले टिमका लागि २५ रनको योगदान गरे । तनहुँका बलरहरु बरदान यादवले ४ तथा सौरब कुशवाह, सुप्रिम सुनार र स्पर्श तामाङले समान २/२ विकेट लिए ।

तनहुँका ब्याटर रोज श्रेष्ठले अर्धशतकिय पारी खेल्दै ५९ रन जोडेपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए । त्यस्तै, सुप्रिम सुनारले व्यक्तिगत २२ रनको योगफल तयार पारे । कास्कीका अन्य बलरहरु अनिस रावत र स्मित कँडेलले २/२ तथा राज परियारले १ विकेट लिएका थिए । जितसंगै कास्कीले समुह ‘ए’ मा शिर्षस्थान कायम गरेको छ । उसले २ खेलमा २ जित निकाल्दै ४ अंक बटुलेको छ । दोश्रो स्थानमा रहेको तनहुँसंग २ अंक छ भने कुनैपनि खेल जित्न नसकेको बाग्लुङ पुच्छरमा रहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ