गण्डकी प्रदेश सरकारले हालै ल्याएको राइड शेयरिङ नियमावली खारेज नगरे यही जेठ १५ देखि गण्डकी प्रदेशका सार्वजनिक यातायातका सवारी साधनहरु घर ग्यारेज गर्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।
पोखरामा बिरोध कार्यक्रम गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले आफूहरुको माग यही जेठ १४ गते भित्र पूरा नभए जेठ १५ देखि गण्डकी प्रदेशमा महासंघमा आबद्ध सार्वजनिक यातायातका सवारी साधनहरु संचालन नगरी घर ग्यारेज गर्ने चेतावनी दिएका हुन् ।
यदि आफूहरुको माग सम्बोधन गर्ने बिषयमा प्रदेश सरकार गम्भिर नभए जेठ १६ गते देखि देशव्यापी रुपमा महासंघ केन्द्रको समेत समन्वयमा यातायात सेवा प्रभावित हुने महासंघ गण्डकीका सचिव योगेन्द्र बहादुर केसीले बताए ।
आफूहरुको मागको बिषयमा महासंघ केन्द्रले समेत संघिय सरकारलाई समेत ध्यानाकर्षण पत्र बुझाएको माग पूरा नभएसम्म अब आफूहरु आन्दोलनमा उत्रिनुको विकल्प नभएको उनले जनाए ।
अबौं लगानी गरेको यातायात क्षेत्रमा कमिसन र बिचौलियाको भरमा यात्रुलाई उच्च जोखिममा पार्दै प्रदेश सरकारले ल्याएको उक्त नियमावली खारेजी नभएसम्म आफहरुको आन्दोलन जारी रहने महासंघ गण्डकीले जनाएको छ ।
राइड शेयरिङ गर्दै आएका चालकहरूले भने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भेट गरी धन्यवाद ज्ञापन गरेका छन् ।
सम्बन्धित खबर
स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
स्याङ्जाको चापाकोट नगरपालिकाका विद्यालयमा एक दिन बिदा
स्याङ्जामा राति सवारी चलाउन रोक
बाबुको विरासत, आफ्नै पहिचान, राजनीतिमा युवा नेतृत्वः किरण केसी
भारी वर्षाको सम्भावनापछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
स्याङ्जाका १० पालिकामा कांग्रेसको नेतृत्व चयन, एउटामा आज निर्वाचन
यो पनि पढौँ
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित उडान, पानीको फोहराले स्वागत गरिँदै
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन