पोखराकी शान्ति उदासलाई अन्तर्राष्ट्रिय अवार्ड

अवार्ड

पोखराकी शान्ति उदासलाई अन्तर्राष्ट्रिय अवार्ड

shanti udas awarded

पोखरा, ११ जेठ । पोखराकी शान्ति श्रेष्ठ उदासले अन्तर्राष्ट्रिय अर्वाड पाउन सफल भएकी छन् ।

सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।

उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिवृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा विभिन्न सीपमूलक तालिमहरू पश्चात् उत्पादित स्थानिय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेका छन् ।

नेवा मिसा पुचःका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितीको केन्द्रीय कार्यसमितिमा रहेर काम गरी सामाजिक योगदान दिएका छन् । उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पूर्व डाइरेक्टर, आल्मोण्डस् क्याफेकी संचालक पनि हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ