पोखरा, ११ जेठ । पोखराकी शान्ति श्रेष्ठ उदासले अन्तर्राष्ट्रिय अर्वाड पाउन सफल भएकी छन् ।
सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।
उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिवृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा विभिन्न सीपमूलक तालिमहरू पश्चात् उत्पादित स्थानिय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेका छन् ।
नेवा मिसा पुचःका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाती महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत महिला उद्यमी विकास समितीको केन्द्रीय कार्यसमितिमा रहेर काम गरी सामाजिक योगदान दिएका छन् । उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पूर्व डाइरेक्टर, आल्मोण्डस् क्याफेकी संचालक पनि हुन् ।
सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा