स्याङ्जामा स्वरुप परिवर्तन(मोडिफाई) गरी चर्को आवाज निकालेर ध्वनि प्रदूषण गराउने मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियमित चेकजाँचका क्रममा चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँडेको बा ६८ प ३०७९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई सवारीसाधनका चालकलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।
शनिबार यहाँको फेदीखोला गाउँपालिका – १ रामकोटस्थितबाट चर्को आवाजमा ध्वनि प्रदूषण गर्दै हिँडेको उक्त सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पूर्वाधार विकास कार्यालय (यातायात शाखा), स्याङ्जामा पठाइएको प्रवक्ता चौधरीले बताए ।
यस्तै, नियमित चेकजाँचमा निरन्तर रुपमा कारबाही गर्दै आएकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले अभियान नै चलाएर स्वरुप परिवर्तन गरी चलाउने सवारीसाधनका चालकलाई कारबाही समेत गर्ने स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक भुपेन्द्र प्रसाद गौलीले बताए ।
साथै कसैले स्वरुप परिवर्तन गरी ध्वनि प्रदूषण हुने गरी सवारीसाधन चलाएको देखेमा जिल्ला प्रहरी कार्यालयको १०० र जिल्ला ट्राफिक कार्यालयको १०३ नम्बरमा टेलिफोन गरी सूचना दिनका लागि प्रहरीले अनुरोधसमेत गरेको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु