पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा डिजिटल साक्षरता तालिम सुरु भएको छ । आईतबारदेखि सुरु भएको तालिम मंगलबारसम्म सञ्चालन हुनेछ ।
तालिमका मुख्य प्रशिक्षक निम्जिनका संस्थापक रजनीश भण्डारीले मोबाईल जर्नालिजम् टेक्निक, मल्टिमिडिया सम्बन्धि पछिल्लो अवस्था, कान्भा फर जर्नालिज्म फोटो जर्नालिजम्, भिडियो इडिटिङ, लगायतका विषयमा प्रशिक्षण दिनेछन् ।
तालिममा पत्रकार सन्तोष पोखरेले मिस ईन्फर, डिस तथा मास ईन्फरमेसनका बारे र जीवन भण्डारीले एआईका बारेमा प्रशिक्षण दिनेछन् ।
तालिमको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । कार्यक्रममा प्रमुख आचार्यले सिंगो पत्रकारिता क्षेत्रलाई सकरात्मक ढंगले अघि बढाउने विश्वास व्यक्त गरे । पत्रकारितामा हरेक दिन अपडेट भईराख्नुपर्ने उनको भनाई छ । उनले पत्रकारलाई समय समयमा रिफ्रेन्समेन्ट तालिम आवश्यक भईरहने बताए । पत्रकारिता पेशा राम्रो भयो भने समाज राम्रो हुने महानगर प्रमुख आचार्यको विश्वास छ । उनले पत्रकार महासंघका हरेक गतिविधिमा महानगरले सहकार्य गर्ने प्रतिवद्वता व्यक्त गरे ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले डिजिटल साक्षरता हरेक क्षेत्रमा आवश्यक रहेको बताए । उनले तालिममा लिएको कुरा कन्टेन्टका देखाएर पढ्न पाईएमा तालिमको सार्थकता हुने उल्लेख गरे ।
प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले स्किलफूल तालिम सहभागिको लागि फलदायी हुने विश्वास व्यक्त गरे । अहिले प्रविधिमा भइरहेको परिवर्तनसँगै यस्ता तालिमले पत्रकारितामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । तालिममा कास्कीका ७५ जना पत्रकारहरु सहभागी छन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष माधवप्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत संस्थाका उपाध्यक्ष माधवप्रसाद रेग्मी र सञ्चालन सहसचिव धनबहादुर गरुङ (सुमन) ले गरेका थिए ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ