पोखरा १५ मा महिला सशक्तिकरण तथा क्षमता विकास तालिम

पोखरा १५ मा महिला सशक्तिकरण तथा क्षमता विकास तालिम

pkr-15-3

पोखरा महानगरपालिका वडा नं. १५ मा तीन दिने महिला सशक्तिकरण तथा क्षमता विकास तालिम आयोजना भएको छ ।

तालिममा  बोल्दै  पोखरा १५ का वडा सदस्य बलराम पौडेलले तीन दिने तालिम कार्यक्रमलाई फलदायी रहने विश्वास व्यक्त गरे । महिला दिदी बहिनीहरुकाे क्षमता विकास गर्ने र उनीहरूलाई अगाडि बढ्नको लागि उत्पेरणा प्रदान गर्ने उद्धेश्यले तालिम आयोजना गरिएको उनले बताए । तीन दिनको तालिम पश्चात् सिकेका कुरालाई व्यवहारमा लागू गर्दै अगाडि बढ्न जोड पनि दिए ।

पोखरा १५ को वडासदस्य सेतीमाया गुरुङले विभिन्न आमा समूहको आग्रह र आफ्नो पहलमा तालिम ल्याउन सफल भएको भन्दै यसको पूर्ण रुपमा सदुपयोग गर्न आग्रह गरिन् । वडा निरन्तर रुपमा विभिन्न तालिम आयोजना गर्ने भएकोले त्यस्ता तालिममा सहभागी बनेर आफ्नो क्षमता विकास गर्नुपर्नेमा उनको जोड थियो ।

शिवशक्ति आमा समूहकी अध्यक्ष बेलमाया गुरुङले आफ्नै ठाउँमा वडाले तालिम आयोजना गरेकोमा खुशी व्यक्त गरिन् । सबैको सक्रिय सभागिताले तालिम फलदायी बनेको उनले बताइन् ।

तालिम आयोजना गरेकोमा पोखरा १५ का जनप्रतिनिधि र वडा कार्यालयलाई पनि उनले धन्यवाद व्यक्त गरिन् । पोखरा १५ वडा कार्यालयको सहयोगमा भएको कार्यक्रममा निर्मल टोल एकता आमा समूह, शिवशक्ति आमा समूह, फूलबारी आमा समूह, भगवती टार आमा समूह, सहज मार्ग संरचना टोल आमा समूहबाट प्रतिनिधिमूलक सहभागिता भएको थियो ।

वडाको वार्षिक कार्यक्रम अन्तरगत विभिन्न टोल टोलमा पुगेर यस्ता तालिमको आयोजना भैरहेको वडा सचिव युवराज पौडेलले जानकारी दिए । टोल विकास संस्था आमा समूह, युवा क्लब लगायतको आग्रह अनुसार वडाले क्षमता विकास र सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकता दिइरहेको उनको भनाइ छ ।

तालिममा ५० जनाको सहभागीता रहेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ