अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा

अमेरिकाले रोक्यो विदेशी विद्यार्थीको भिसा

American Flag

पोखरा । अमेरिकी सरकारले प्रशासनले विदेशी विद्यार्थीहरूका लागि भिसा प्रक्रिया रोक्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जाल परीक्षण कडा बनाउने नीतिसँगै विदेशी विद्यार्थीहरूको भिसा प्रक्रिया अस्थायी रूपमा रोक्ने निर्णय गरेको हो।

अमेरिकी विदेश मन्त्रालयले दूतावास र वाणिज्य दूतावासहरूलाई विदेशी विद्यार्थीलाई भिसा नदिन निर्देशन दिएको छ।

यसका साथै, विदेश मन्त्रालयले सबै प्रकारका आवेदनका लागि सामाजिक सञ्जाल निगरानी थप कडा बनाउने तयारी गरिरहेको उल्लेख छ । यो निर्णयले अमेरिकी विश्वविद्यालयमा अध्ययन गर्न चाहने विदेशी विद्यार्थीहरूलाई थप समस्या थपिएको छ।

हालै ट्रम्प प्रशासनले हार्वर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति फिर्ता लिएको थियो, जसको कारण विश्वविद्यालयको फिलिस्तीन समर्थन प्रदर्शनप्रति देखिएको धारणा र विविधता कार्यक्रमसँग सम्बन्धित रहेको बताइएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds