पोखरा । पोखरा महानगर पालिका वडा नं. १६ ले वडाका दलित युवालाई लक्षित गरी डिजिटल मार्केटिङ तालिम शुरु गरेको छ ।
पछिल्लो प्रविधीलाई आत्मसाथ गर्दै शुरु गरिएको तालिममा त्यस वडाका दलित समुदायका करिव २७ जना युवा युवतीले सहभागिता जनाएको वडा सदस्य मञ्जु नेपालीले जानकारी दिईन् । पोखरा महानगरपालिकाको आर्थिक सहयोगमा एक महिनासम्म संचालन हुने तालिमको बुधवार पोखरा १६ का पुर्व वडाध्यक्ष दानबहादुर वानियाँले शुभारम्भ गरे । कार्यक्रममा बोल्दै वडाध्यक्ष वानियाँले युवा पुस्तालाई स्वरोजगार वनाउनका लागि डिजिटल मार्केटिङ उपयुक्त थलो रहेको बताउँदै, विकसित प्रविधीमा चासो राख्न सुझाव दिए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले दक्ष युवा शक्ति रोजगारीका नाममा विदेशिनु गलत भएको बताउँदै, डिजिटल मार्केटिङले स्वरोजगारी सिर्जना गर्ने स्पष्ट पारे । कार्यक्रममा वडा सदस्य राजकुमारी वानियाँ, रामचन्द्र आचार्य, हिमालय क्लवका अध्यक्ष मोहन वहादुर थापा, एकल महिला समुहका अध्यक्ष दुर्गा केसी थापा, नमुना क्लवका अध्यक्ष मिनवहादुर गुरुङ,परिवर्तन न्युजका पत्रकार प्रकाश अधिकारी,क्लाउड टेक आई टि सोलुसनका किरण रेग्मी लगायतले तालिम लिएर मात्र नभई सिकेका कुरा व्यवहारमा उर्तान सके मात्र सफल भईने बताए ।
वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सदस्य मञ्जु नेपालीले गरेकी थिईन् । तालिममा सहभागी युवालाई क्लाउड टेक आई टि सोलुसनले सहजीकरण गर्ने बताईएको छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?