पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले १८ औं गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै गणतन्त्र शासन प्रणालीको परिवर्तन मात्र होइन, चेतना र जिम्मेवारीको ऐतिहासिक रुपान्तरण रहेको बताएका छन् ।
‘जनताको शासन, जनताको लागि, जनताद्वारा चुनेको उन्नत व्यवस्था नै ‘गणतन्त्र’ हो । यो शासन प्रणालीको परिवर्तन मात्र नभई सोच, चेतना र जिम्मेवारीको एउटा ऐतिहासिक रुपान्तरण पनि हो ।’ प्रदेश प्रमुख भट्टले भनेका छन् – ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने यात्रामा महत्वपूर्ण पाइला चालेका छौं । संघ, प्रदेश र स्थानीय सरकार मिलेर सामाजिक न्याय, समावेशिता, सुशासन, विकास र समृद्धिको दिशामा अगाडि बढ्ने प्रण गरेका छौं । प्रदेशस्तरमा पनि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन, रोजगारी, महिला सशक्तिकरण लगायतका क्षेत्रमा महत्वपूर्ण कार्यहरू भइरहेको छ । यी कार्यहरूलाई अझ प्रभावकारी बनाउनु हाम्रो साझा जिम्मेवारी हो ।’
शुभकामना सन्देशमा थप उल्लेख छः ‘गणतन्त्रले हामी सबैलाई अधिकार मात्र दिएको छैन, कर्तव्यबोध पनि गराएको छ । जनतामाथि आधारित शासन प्रणालीमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ । देश र प्रदेशको समुन्नतिका लागि हामी सबैको सक्रिय सहभागिता अपरिहार्य छ ।’
लोकतान्त्रिक मूल्य, विधिको शासन, मानव अधिकार, सामाजिक न्याय,सामाजिक समावेशिता र समानताको आदर्शलाई जीवन्त राख्नुपर्नेमा जोड दिँदै प्रदेश प्रमुख भट्टले कुनै पनि विभेद, हिंसा वा असहिष्णुता गणतान्त्रिक मूल्य मान्यताविरुद्ध हुने भएकाले हामीले सहिष्णुता, सहकार्य र संवादलाई सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

शुभकामना सन्देशमा भनिएको छः ‘गणतन्त्रसँगै हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको मार्ग अवलम्बन गरेका छौं । संघीयता केवल शासन प्रणालीको रूपान्तरण होइन, जनताको अधिकारलाई अझ नजिक पुर्याउने, उनीहरूको समस्या स्थानीय स्तरमै समाधान गर्ने माध्यम हो । संविधानले संघ, प्रदेश र स्थानीय तहलाई आ–आफ्ना अधिकार र जिम्मेवारी दिएको छ। यस अधिकारको प्रयोग समन्वयात्मक, पारदर्शी र उत्तरदायी ढंगले गरेमात्रै संघीयताको सफल कार्यान्वयन हुनेछ । हामी सबै मिलेर हाम्रो प्रदेश र देशलाई शान्त, समुन्नत र समावेशी बनाउने दिशामा अगाडि बढौं । आजको यस ऐतिहासिक दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय संकल्प सार्थक बनाउन प्रेरणा तथा उर्जा मिलोस् भन्ने शुभेच्छा सहित पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।’
सम्बन्धित खबर
कालीगण्डकी ‘ए’ जलविद्युत केन्द्रमा मर्मत, तीन दिन विद्युत उत्पादन बन्द
गण्डकी प्रदेशका प्रमुख सचिव घिमिरेविरुद्ध पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा
कृषि लगानीमा लघुवित्त प्रभावकारी, जीवनस्तरमा सकारात्मक परिवर्तन
हरिनासमा आजदेखि आठौं अध्यक्ष कप खेलकुद प्रतियोगिता
पूर्वाधार नपुग्दा पञ्चासे भञ्ज्याङ सुनसान
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर