गणतन्त्र दिवसमा पुरस्कृत विद्यार्थी प्रतिमालाई शान्ति निकेतनको बधाई

पुरस्कार

गणतन्त्र दिवसमा पुरस्कृत विद्यार्थी प्रतिमालाई शान्ति निकेतनको बधाई

pratima honord (1)

पोखरा वडा नं. ५, पर्स्याङ स्थित शान्ति निकेतन माविले गणतन्त्र दिवसको अवसरमा पुरस्कृत आफ्ना विद्यार्थी प्रतिमा पौडेललाई बधाई ज्ञापन गरेको छ ।

विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयकी मेधावी विद्यार्थी प्रतिमा शिक्षा विकास निर्देशनालय, पोखराद्वारा आयोजित वक्तृत्वकला प्रतियोगितामा द्वितीय स्थान प्राप्त गर्दै पुरस्कृत भएकोमा बधाई ज्ञापन गरेका हुन् ।

गणतन्त्र दिवसको महत्व विषयक प्रतियोगितामा द्वितीय स्थान हासिल गर्दै प्रतिमाले नगद आठ हजार प्राप्त गरिन् । गणतन्त्र दिवस मूल समारोहका अवसरमा गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रतिमा लगायत पुरस्कृत विद्यार्थीलाई पुरस्कार हस्तान्तरण गरे ।

पोखराको एक उत्कृष्ट पठनपाठन हुने विद्यालय शान्ति निकेतनका विद्यार्थीहरूले शैक्षिक अलावा अतिरिक्त क्रियाकलापमा आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ