पोखरामा तेस्रो लिङ्गी विष्णुलाई ठक्कर दिई ज्यान लिएको आरोपमा स्कुटर चालक पक्राउ

हिट एण्ड रन

पोखरामा तेस्रो लिङ्गी विष्णुलाई ठक्कर दिई ज्यान लिएको आरोपमा स्कुटर चालक पक्राउ

स्कुटर चालक काठमाण्डौका समिर

Pakraau

पोखरा । गत जेठ १२ गते रातको समयमा १०ः५० बजेतिर पोखराको सभागृहचोक–सिर्जनाचोक सडकखण्डमा एक यौनिक अल्पसंख्यक व्यक्ति सवारीको ठक्करबाट घाइते भए ।

घाइते हुनेमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ सिक्लेस घर भएका ईच्छा क्षेत्री भनेर चिनाउने विष्णु बहादुर बुढाथोकी हुन् ।

तत्काल वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई अस्पताल पठायो । तर, दुई दिनपछि जेठ १४ गते बुधबार उपचारकै क्रममा उनको निधन भयो ।

‘हिट एण्ड रन’ केसमा संलग्न स्कूटर चालक बुधबार पक्राउ परे । स्कुटर चालक हुन् काठमाण्डौ २६ बस्ने वर्ष ३३ को समिर राज महर्जन । उनलाई पोखरा ११ फूलबारीबाट प्र.३–०२–००७ प २०२९ नं. को स्कुटर सहित पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिएको छ ।

कास्की जिल्ला अदालतबाट सवारी ज्यान सम्बन्धी कसूरमा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यद्यपी, स्कुटर चालक समिरले भने आफू अगाडि रहेको बोलेरोले ठक्कर दिएको बताएका छन् । समिरका परिवार गण्डकन्यूजको सम्पर्कमा आई प्रहरीले बोलेरो नखोजी पछाडि रहेको स्कुटरलाई दोषी बनाएर मुद्धा दर्ता गरेको आरोप लगाएको छ ।

  • अद्यावधिक गरिएको ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ