पोखरा । पर्वतारोही मौरिस हर्जोगको सम्झनामा फ्रान्सेली कलाकार टोलीले म्याग्दीको अन्नपूर्ण आधार शिविरमा सांगीतिक प्रस्तुती दिने भएका छन् । सोही सफलताको सम्झनामा फ्रान्सेली सांगीतिक टोली नेपाल आएको छ । उक्त टोली शुक्रबार पोखरा आइपुगेको छ ।
मौरिस हर्जोगका छोरा म्याथिएस इम्यानुएल म्याक्सिमिलेन र नाती सिमोन ज्याक्युस, फ्रान्सेली पर्वतारोहण अनुसन्धानकर्ता र सांगीतिक टोली गरी १४ जनाको टोली पोखरा आएको छ ।
टोलीको पोखरा विमानस्थलमा भब्य स्वागत गरिएको छ । नेपाल पर्यटन बोर्डकोका प्रमुख मणि राज लामिछाने, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य लगायतका पर्यटन अगुवाहरुले उनिहरुलाई स्वागत गरेका थिए ।
अन्नपूर्ण हिमाल आरोहणको दिवस हिरक जयन्तीमा फ्रान्सेली कलाकार समूहले शुक्रबार पोखराको फेवाताल वाराहि घाट र आधार शिविरमा सांगीतिक कार्यक्रम प्रस्तुत गर्ने टान अध्यक्ष आचार्यले जानकारी दिए ।
मौरिस हर्जो विश्वमै ८ हजार मिटरभन्दा अग्लो हिमाल आरोहण गर्ने पहिलो फ्रान्सेली आरोही हुन् । सन् १९५० जुन ३ तारिखमा हर्जोग र लुइस लचेनले अन्नपूर्ण आरोहण गरेर इतिहास रचेका थिए । हर्जोगले पाएको सोही सफलताको सम्झनामा अन्नपूर्ण अधार शिविरमा फ्रान्सेली कलाकार टोली त्यस तर्फ जान लागेका हुन् ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ