पोखरामा चोरी गर्ने २ जना पक्राउ

पोखरामा चोरी गर्ने २ जना पक्राउ

pakrau

पोखरा । पोखरामा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कञ्चनपुर स्थायी वतन भई नवलपरासी कावासेती नगरपालिका ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका १३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने वर्ष ३२ को टिकाराम वि.क. रहेका छन् ।

जेठ १३ गते (मंगलबार) रातको समयमा पोखरा महानगरपालिका १३ माटेपानीमा चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पँहेलो धातुको डल्ला– ५ तोला ४ लाल, चाँदी जस्तो देखिने धातुका गरगहना– ७ तोला ६४ लाल, विभिन्न किसिमका चाँदिका सिक्का (६ थान) (२१ तोला, ३० लाल), अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी जम्मा ७४ तोला ४६ लाल र सुन तथा चाँदीका गरगहना गाल्न र बनाउन प्रयोग गर्ने औजारहरु बरामद गरेको छ ।

यस्तै, चोरीमा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर १ थान, चावी १ थान र दर्ता किताब १ थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले अन्य स्थानमा समेत चोरी गरेको खुलाएको र हालसम्म अन्दाजी ३ लाख ४४ हजार ५ सय बराबरका गरगहनाचोरी भएको भन्ने जाहेरी प्राप्त भएको र जाहेरी थप हुनसक्ने बताएको छ ।

उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ