पोखरा । पोखरामा चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कञ्चनपुर स्थायी वतन भई नवलपरासी कावासेती नगरपालिका ११ बस्ने वर्ष ३४ को तेजेन्द्र खड्का र पर्वत कुश्मा नगरपालिका १३ स्थायी घर भई हाल कास्की पोखरा महानगरपालिका ५ पस्र्याङ बस्ने वर्ष ३२ को टिकाराम वि.क. रहेका छन् ।
जेठ १३ गते (मंगलबार) रातको समयमा पोखरा महानगरपालिका १३ माटेपानीमा चोरी भएको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट खटिएको प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पँहेलो धातुको डल्ला– ५ तोला ४ लाल, चाँदी जस्तो देखिने धातुका गरगहना– ७ तोला ६४ लाल, विभिन्न किसिमका चाँदिका सिक्का (६ थान) (२१ तोला, ३० लाल), अन्य विभिन्न किसिमका गरगहना (ब्रासलेट, सिक्री, लकेट) गरगहना बनाउन तयारी अवस्थामा रहेका कच्चा पदार्थ समेत गरी जम्मा ७४ तोला ४६ लाल र सुन तथा चाँदीका गरगहना गाल्न र बनाउन प्रयोग गर्ने औजारहरु बरामद गरेको छ ।
यस्तै, चोरीमा प्रयोग भएको ग २० प ३४६३ नम्बरको स्कुटर १ थान, चावी १ थान र दर्ता किताब १ थानसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले अन्य स्थानमा समेत चोरी गरेको खुलाएको र हालसम्म अन्दाजी ३ लाख ४४ हजार ५ सय बराबरका गरगहनाचोरी भएको भन्ने जाहेरी प्राप्त भएको र जाहेरी थप हुनसक्ने बताएको छ ।
उनीहरु विरुद्ध कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
पोखरामा ग्यास लुकाउने व्यापारीलाई ५० हजार जरिवाना
एमाले नेता एवं पोखराका पूर्वमेयर कृष्ण थापाको हृदयघातले निधन
फुटपाथमा किताब नबेच्न महावीर पुनलाई पोखराका मेयरको अनुरोध
रास्वपालाई कास्कीमा प्रत्यक्षभन्दा पनि समानुपातिकमा बढी मत
भायानेटद्वारा फेवा डुंगा व्यवसायी र बैदाम प्रहरीलाई २ सय लाइफ ज्याकेट प्रदान
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर