स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

स्याङ्जामा मोबाइल चोरी गर्ने दुईजना पक्राउ

Mobile chori pakrau_2

स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवास्थित एक घरबाट मोबाइल चोरी गर्ने दुईजनालाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ ।

चोरीको मोबाइलसहित स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – ४ घर भई कास्की पोखरा महानगरपालिका – ५ मालेपाटन बस्ने २४ वर्षीय शाहिल गुरुङ र आँधीखोला गाउँपालिका – ५ घर भई कास्की पोखरा महानगरपालिका – ५ बस्ने २१ वर्षीय पवन परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिए ।

गत मंगलबार साँझ उनीहरूले स्याङ्जाको पुतलीबजार नगरपालिका – ३ मजुवा बस्ने चुनीकुमारी मल्लको डेरा कोठाबाट विभिन्न कम्पनीका तीन थान मोबाइल चोरेर लगेका थिए । उनीहरुको साथबाट रेड्मी कम्पनीको स्मार्ट मोबाइल एक थान, ओप्पो कम्पनीको स्मार्ट मोबाइल एक थान र भिभो कम्पनीको स्मार्ट मोबाइल एक थान बरामद भएको प्रवक्ता चौधरीले बताए ।

उनीहरूमाथि शुक्रबार चोरी सम्बन्धी मुद्दा दर्ता गरी स्याङ्जा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 4 seconds