पोखरा । पोखराको फेवाताल वरपरको ठाउँलाई संरक्षित क्षेत्र घोषणा गरिएको छ । पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र सङ्घीय सरकारको संयुक्त प्रयासमा सीमाङ्कन र नापजाँचपछि फेवाताल वरपरको १४ हजार ५७० रोपनीलाई संरक्षण क्षेत्र घोषणा गरिएको हो ।
दुई वर्षअघि (२०८० असार ४ गते) सर्वोच्च अदालतले दिएको परमादेशअनुसार तालको उच्चतम जलस्तर ७५४।५५ मिटरलाई आधार मानी त्यसबाट ६५ मिटर वरपरको क्षेत्रलाई हरियाली क्षेत्र बनाउने योजना अघि बढाइएको छ ।
यो क्षेत्रमा रहेका घर, होटल, रेस्टुराँ, व्यापारिक भवनलगायत सबै संरचना ६ महिनाभित्र हटाउनुपर्नेछ । फेवातालको जलाधार क्षेत्र १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम कायम गरिएको छ । त्यसमा ६५ मिटर थप्दा संरक्षण क्षेत्रको आकार १४ हजार ५७० रोपनी भएको हो ।
सिँचाइ डिभिजन कार्यालय कास्कीको १० वर्षे जलस्तरको रेकर्ड तथा विगतका नक्साहरूको अध्ययनबाट यो निष्कर्ष निकालिएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा संरक्षण कार्य व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गरिएको छ ।
सर्वोच्च अदालतको परमादेशले २०३१ सालसम्म फेवाताल क्षेत्रमा दर्ता भएका व्यक्तिगत, संस्थागत, सरकारी वा सार्वजनिक नामका सबै जग्गाको दर्ता खारेज गरी फेवातालको नाममा कायम गर्न आदेश दिएको छ । सो अवधिमा दर्ता भएका जग्गाका लागि कुनै मुआब्जा दिइने छैन । २०३१ पछिका दर्ता तथा संरचनाहरूका लागि भने कानुन अनुसार मुआब्जा प्रदान गरिनेछ ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ