पोखरा । राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशको आयेजनामा संघका अध्यक्ष रामचन्द्र ढकाल सहकोषाध्यक्ष कृष्ण सिर्पाीको जन्मदिनको अवसर पारेर शुक्रबार स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. १ स्थित अमोर सेवा नेपाल बालगृहका बालबालिकालाई शैक्षिक सामग्री तथा नगद सहयोग गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि संस्कृतिविद् प्रा.डा. कुसुमाकर न्यौपानेले बाल गृहका कलिला अनाथ बालबालिकालाई देखेर भावुक बनाएको बताउँदै बाबुनानीको भविष्य उज्जवल बनाउन आफ्नो तर्फबाट पनि सक्दो सहयोग गर्ने बताए ।
संस्थाका अध्यक्ष रामचन्द्र ढकाल र सहकोषाध्यक्ष कृष्ण सिर्पालीले जन्मदिनको उपलक्ष्यमा फजुल खर्च कटौती गरि वाल गृहमा सहयोग गर्न पाउँदा साच्चै नै सहि ठाउँमा सहयोग गरेको आफुहरुलाई अनुभव भएको बताउँदै आगामि दिनहरुमा पनि सहयोग गर्ने बताए ।
बालगृहकी सञ्चालिका कमला पराजुलीले स्याङ्जा जिल्लाको एक मात्र वाल गृह भए पनि स्याङ्जा भन्दा अन्य जिल्लाका बाबुआमा नभएका अनाथ बालबालिकाहरुलाई वाल गृहले संरक्षण दिएको बताउँदै नेपाली दाजुभाई तथा संघसंस्थाहरुको मात्र सहयोगले वाल गृह संचालन भइरहेकोले एक पटक आफै बालगृहमा उपस्थित हुन पनि सबैलाई आग्रह गरेकी थिईन् ।
राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेशका समन्वय प्रमुख एवम् गुरुङ फिल्मका महानायक ताराबहादुर गुरुङ, बरिष्ठ उपाध्यक्ष एवम् कर्णप्रिय संगीतालय पोखराका सञ्चालक करण तामाङ, द्वितीय उपाध्यक्ष एवम् पत्रकार सागर कार्की, सहकोषाध्यक्ष कृष्ण सिरपाली, प्रेम रोकाहा क्षेत्री, दरबारन्युज डटकमका सञ्चालक कृष्ण रानाभाट, समाजसेवी एवम् सदस्य भोजराज पौडेल (राष्ट्रिय मामा), स्याङ्जा अध्यक्ष बुद्धि परियार र उपाध्यक्ष दुतप्रसाद नेपाली, बालगृहका ब्यवस्थापक अशोक शर्मा (मरासिनी) लगाएतको उपस्थिति रहेको थियो ।
बाल गृहका बालबालिकाहरुले मन्त्रोच्चरण द्वारा जन्मदिनको शुभकामना व्यक्त गर्दै गीत तथा भजन गाएर अतिथिहरुको स्वागत गरेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह