पोखरा । सार्वजनिक यातायात व्यवसायीको बन्दका कारण पोखरामा अलपत्र परेका करिब ९०० यात्रुलाई शनिबार साँझ सुरक्षाकर्मीको स्कर्टिङमा काठमाडौंका लागि पठाइएको छ।
१९ वटा बसमार्फत उनीहरूलाई गन्तव्यमा पुर्याइएको हो। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गतेदेखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखराको पृथ्वीचोक लगायतका स्थानमा सयौं यात्रु अलपत्र परेका थिए। काठमाडौं जान लागेका करिब ९०० यात्रुलाई साँझ ६ बजेदेखि स्कर्टिङ सुरु गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले कास्की जिल्लाको सिमाना कोत्रेसम्म स्कर्टिङ गरेको छ ।
कोत्रेबाट सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण तनहुँ र स्थानीय प्रहरीको टोलीले स्कर्टिङ गरी मुग्लिनसम्म पुर्याइएको छ।
गण्डकी प्रदेश र बागमती प्रदेशको सिमानासम्म स्कर्टिङ गरेर यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याइएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता, डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सरकारले ल्याएको राइड सेयरिङ तथा सेल्फ ड्राइभ निययमन तथा व्यवस्थापन नियमावलीका कारण शुक्रबारदेखि सार्वजनिक यातायात ठप्प छ । यातायात व्यवसायीहरूले अनिश्चितकालीन बन्द आह्वान गरेपछि यात्रुहरूले सास्ती व्यहोर्नुपरेको छ।
सम्बन्धित खबर
प्रतिभा माविमा कक्षा ११ र १२ का विद्यार्थीबीच ‘स्पोर्टस् मीट’ सुरू
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
प्रतिभा माविमा बिजनेस प्लानसम्बन्धी प्रस्तुती
पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
पोखरामा मधुमेह दिवस मनाइयो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’