पोखरा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ ।
पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गरेका हुन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी ‘देवु’का सातवटा गजल वाचन गरिएको थियो ।
मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो ।
उल्लेखित सात गजल मध्ये एक गजलमा..
“अहो क्या छ बान्की तिमी पोखराकी ।
भनुँ रुप खानी तिमी पोखराकी ।।
मनोहर छ आभा फिंजाएर झाँकी ।
भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।”
भनिएको छ ।
त्यस्तै अर्को गजलमा …….
“चलेको छ ज्यादै घमासान युुद्ध
कलि काल लाग्यो कि देखिन्न बुुद्ध ।।”, उल्लेख छ ।
कार्यक्रममा साहित्यकार सरुभक्तले पोखरामा यस किसिमको कार्यक्रम हालसम्मकै पहिलो भएको भन्दै स्रष्टा केसीको प्रशंसा गरे । पोखरेली गजलका लागि यो महत्वपूर्ण कार्य भएको उनले बताए ।
स्रष्टा एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका देवेन्द्र केसी ‘देवुु’ को अध्यक्षता एवम् समाजका महासचिव असफल गौतमले सञ्चालन गरेका कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा, समाजका पूर्व अध्यक्ष दुर्गाबहादुुर शाह ‘बाबा’ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा आर्थिक गणनाको आधार तयार, नयाँ कार्यालयबाट तथ्यांक संकलन सुरु
ग्रामीण सडकमा ट्राफिक सचेतना अभियान सुरु, दुर्घटना घटाउने लक्ष्य
भीरकोटमा निःशुल्क स्वास्थ्य शिविर, विशेषज्ञ सेवा एकै ठाउँमा
गण्डकी प्रदेश सभाको अधिवेशन चैत ८ गते आह्वान
६ वर्षको सजाय बाँकी रहेका फरार कसूरदार पक्राउ
भीरकोटमा बालमैत्री दिवस : उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
यो पनि पढौँ
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह