पोखरा । अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशको आयोजनामा पर्यटकीय नगरी पोखरामा शनिबार गजलकार देवेन्द्र केसी ‘देवु’ का गजलहरूमा गजल साँझ सम्पन्न भएको छ ।
पोखरा नै जन्मभूमि भएका गजलकार देवेन्द्र के. सी. ‘देवु’का गजलहरूमा विश्व कीर्तिमानी संगीतकार एवम् गायक सन्तोष श्रेष्ठले संगीत र स्वर दिएर एकल प्रस्तुति गरेका हुन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तको प्रमुख आतिथ्यतामा भएको गजल साँझमा देवेन्द्र केसी ‘देवु’का सातवटा गजल वाचन गरिएको थियो ।
मायाप्रेम, प्रकृति, राष्ट्रप्रेम लगायतका विभिन्न भाव समेटिएका गजल प्रस्तुत भएको उक्त कार्यक्रममा पोखरेली साहित्यकार, सञ्चारकर्मी लगायत विभिन्न सेवा पेशामा आवद्ध व्यक्तिहरूको उल्लेख्य उपस्थिति थियो ।
उल्लेखित सात गजल मध्ये एक गजलमा..
“अहो क्या छ बान्की तिमी पोखराकी ।
भनुँ रुप खानी तिमी पोखराकी ।।
मनोहर छ आभा फिंजाएर झाँकी ।
भएँ मुग्ध प्यारी तिमी पोखराकी ।।”
भनिएको छ ।
त्यस्तै अर्को गजलमा …….
“चलेको छ ज्यादै घमासान युुद्ध
कलि काल लाग्यो कि देखिन्न बुुद्ध ।।”, उल्लेख छ ।
कार्यक्रममा साहित्यकार सरुभक्तले पोखरामा यस किसिमको कार्यक्रम हालसम्मकै पहिलो भएको भन्दै स्रष्टा केसीको प्रशंसा गरे । पोखरेली गजलका लागि यो महत्वपूर्ण कार्य भएको उनले बताए ।
स्रष्टा एवम् अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका देवेन्द्र केसी ‘देवुु’ को अध्यक्षता एवम् समाजका महासचिव असफल गौतमले सञ्चालन गरेका कार्यक्रममा प्राज्ञ हरिदेवी कोइराला, कार्यक्रम संयोजक घनेन्द्र ओझा, समाजका पूर्व अध्यक्ष दुर्गाबहादुुर शाह ‘बाबा’ लगायतले बोलेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ