पोखरा । नेपाल पत्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा पत्रकारका लागि फोटो तथा मोबाइल पत्रकारिता तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै महासंघ कास्कीका संस्थापक अध्यक्ष उमाकान्त शर्माले प्रविधिको विकाससँगै पत्रकारिता वृहत बन्दै गएको बताए ।
उनले पत्रकारितालाई प्रविधिमैत्री बनाउनको लागि यो तालिम फलदायी हुने विश्वास व्यक्त गर्दै तालिममा सिकेका कुरालाई व्यवहारमा पनि उतार्न पनि आग्रह गरे ।
फोटो पत्रकार संघ कास्कीका अध्यक्ष राम गुरुङले शब्दले व्यक्त गर्न नसक्ने सन्देश एउटा फोटोबाट प्रवाह गर्न सकिने बताउँदै हरेक पत्रकारमा फोटो पत्रकारिताबारे ज्ञान हुनुपर्ने बताए ।
तालिमको पहिलो दिन सहजिकरण गर्दै वरिष्ठ फोटो पत्रकार एवंम संरक्षणकर्मी कृष्णमणि बरालले फोटो पत्रकारिताको आचारसंहिता पालनासहित फोटो पत्रकारिता गर्दा आफूले भोगेका चुनौतीका बारेमा अनुभव सुनाए ।
दिस्रो र तेस्रो दिन वरिष्ठ फोटो पत्रकार एवं मोबाइल पत्रकारिता विशेषज्ञ विकास कार्कीले प्रशिक्षण गर्ने छन् ।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधब बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वातग महासंघका उपाध्यक्ष एवम प्रशिक्षण विभाग प्रमुख माधव रेग्मी र संचालन सह सचिव मधु अधिकारीले गरेका थिए ।
तीन दिनसम्म संचालन हुने तालिममा विभिन्न संचारमाध्यममा आवद्घ ७० जना पत्रकार एवं संचारकर्मीको सहभागिता छ ।
सम्बन्धित खबर
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
फेदीखोलामा वृक्षारोपणसँगै बालबालिकाको स्वास्थ्य परीक्षण
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो