सर्वसाधारण जनतालाई परेको असरप्रति ध्यान दिन नागरिक समाजको ध्यानाकर्षण

असहजता

सर्वसाधारण जनतालाई परेको असरप्रति ध्यान दिन नागरिक समाजको ध्यानाकर्षण

prithvichowk

तस्वीरः समय नेपाल

पोखरा । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ लाई वैधानिकता दिएको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरु आन्दोलनमा उत्रिँदा सर्वसाधारण जनतालाई परेको असरप्रति नागरिक समाज कास्की तथा स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार जारी विज्ञप्तिमा नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचन र स्वयम्सेवी मानवअधिकार रक्षक सञ्जालका तर्फबाट संस्थापक संयोजक रामबहादुर पौडेलले हस्ताक्षर गरेका छन् ।

गण्डकी प्रदेश सरकारको गत वैशाख ३१ गतेको मन्त्रिपरिषद् निर्णयबमोजिम राइड शेयरिङ नियमावली ल्याएको थियो । सोको विरोधमा गण्डकी प्रदेशका सार्वजनिक यातायात व्यवसायीहरु गत जेठ १६ गतेदेखि एकाएक आफ्ना गाडीहरु घर ग्यारेजमा थन्क्याएर बसेका छन् । साथै, १९ गतेदेखि देशव्यापीहरुपमा सार्वजनिक यातायात व्यवसायीहरुले चक्काजाम सुरु गरेका छन्।

सार्वजनिक यातायात नचल्दा सर्वसाधारण जनतालाई निकै सास्ती र असर परेको छ । यही मौकाको फाइदा उठाई केही इनड्राइभ राइडरहरुले पनि यात्रुसँग बढी भाडा लिने गरेको प्रहरीले समेत जनाएको छ । त्यस्तोलाई नियमन गर्नु आवश्यक कारबाहीको माग गरिएको छ।

यसरी, नागरिक हक अधिकार हनन हुने गरी सार्वजनिक यातायातका साधन नचल्दा नागरिकलाई गम्भीर असर परेकोले अविलम्ब वार्ता र संवादद्वारा समस्या समाधान गरी तत्काल यातायात संचालनको माग गरिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ