आँधीखोला गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

आँधीखोला गाउँपालिकामा बुधबार सार्वजनिक बिदा

aandhikhola gaupalika 2

स्याङ्जाको आँधीखोला गाउँपालिकाले बुधबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा स्थानीय सार्वजनिक बिदा दिइएको पालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले भेदभाव तथा छुवाछुत उन्मूलनमा पालिकाको तर्फबाट पूर्ण प्रतिबद्धता व्यक्त गर्दै पालिकामा बसोबास गर्ने सम्पूर्ण दलित तथा उत्पीडित समुदायको भावनालाई आत्मसाथ गर्दै स्थानीय सार्वजनिक बिदा दिइएको जानकारी दिए ।

गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक तथा संस्थागत शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक) र अन्य संघसंस्थाहरुमा बुधबारका दिन सार्वजनिक बिदा दिइएको गाउँपालिकाले विज्ञप्तिमार्फत जनाएको छ ।

नेपाल सरकारले २०६३ साल जेठ २१ गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । त्यसै दिनको सम्झनामा हरेक वर्ष जेठ २१ गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ