पोखरा । पाकिस्तानको राजधानी इस्लामाबादमा १७ वर्षीया टिकटकर सना युसुफको उनकै घरमा गोली हानी हत्या गरिएको छ।
सञ्चारमाध्यमका अनुसार टिकटककर सना युसुफलाई सोमबार साँझ घरमै बसिरहेका बेला एक अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेका हुन्।
आक्रमणकारीले गोली प्रहार गरेलगत्तै फरार भएका थिए। पछि उनलाई पक्राउ गरिएको छ।
आरोपी पञ्जाबका हुन् र उनको सनासँग पहिलेदेखि नै चिनजान रहेको बताइएको छ। प्रारम्भिक अनुसन्धानले हत्याको पछाडि व्यक्तिगत रिसइबी रहेको देखाएको छ।
प्रहरीले संदिग्धको साथबाट हत्यामा प्रयोग भएको हतियार पनि बरामद गरेको छ। अधिकारीहरूले सीसीटीभी फुटेजको मद्दतले आरोपीलाई पक्राउ गर्न सफल भएको बताएका छन्। हाल घटनाको थप अनुसन्धान भइरहेको छ।
सञ्चारमाध्यमका अनुसार, २ जुनमा सना आफ्नो १७औं जन्मदिन मनाइरहेकी थिइन्। सोही दिन एक व्यक्ति आफन्त बनेर उनको घरमा प्रवेश गरेका थिए।
प्रहरीका अनुसार, आरोपीले सुरुमा सनासँग घरबाहिर केहीबेर कुराकानी गरेका थिए र त्यसपछि घरभित्र पसेर गोली चलाएका थिए। सनालाई निकै नजिकबाट दुई गोली लागेको र घटनास्थलमै उनको मृत्यु भएको थियो।
१७ वर्षीया सना सामाजिक सञ्जालमा निकै लोकप्रिय थिइन्। सनाले हाँस्य, जीवनशैली, सांस्कृतिक जागरण र शैक्षिक सन्देशसँग सम्बन्धित सामग्रीहरू पोस्ट गर्थिन्।
टिकटकमा उनका ७ लाख २५ हजार र इन्स्टाग्राममा करिब ५ लाख फलोअर्स थिए।
सम्बन्धित खबर
अब फिल्मका लागि गीत नगाउने अरिजित सिंहको घोषणा
अमेरिकाबाट ९० नेपाली डिपोर्ट, हालसम्म ४ सय बढी नेपाली डिपोर्ट
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
अमेरिकाको ग्रिन कार्ड लटरी ट्रम्प प्रशासनद्वारा स्थगित
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान