गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै गएका छन् । एक पछि अर्को गर्दै अभिनयमा आइरहेका काफ्ले यति वेला उनीद्धार अभिनीत आँखा जुध्यो सयौँ चोटि गीतको भिडियो युटुवमा आएको छ ।
उनीद्धार अभिनीत आँखा जुध्यो सैयौ चोटि डिटिएम मिडिया युटुवमा आएको हो । उक्त गीतमा दीप काफ्लेलाई प्रिन्सिका श्रेष्ठले साथ दिएकी छन् ।
गायक सञ्जय देवकोटा र गायिका समीक्षा अधिकारीको आवाज रवीन्द्र लामिछानेको शब्द संगित र अर्जुन कँडेलको निर्देशन रहेको गीत यति वेला निकै चर्चित रहेको छ ।
दीप काफ्ले मोडल मात्र होइनन् गायक सँगै चर्चित कुशल कार्यक्रम सञ्चालक पनि हुन् । उनको कार्यक्रम सञ्चालन गर्ने शैली प्रति सबै प्रभावित हुने गरेका छन् ।
उनै गायक तथा चर्चित कार्यक्रम सञ्चालक यति खेर पोखरमा जारी गण्डकी कोटिहोममा कार्यक्रम सञ्चालन गरिराखेका छन्।
उनी जब मञ्चमा आएर राधे राधे भन्दै कार्यक्रम सञ्चालन गर्न तम्सिछन् अनि भक्तजन उनैको स्वर स्वर मिलाएर राधे राधे भन्दै उनको सञ्चालकिय क्षमता प्रति आकर्षित हुन्छन् ।
‘तपाईँहरूको माया साथले नै म स्थानमा आएको छु’ दीप काफ्ले भन्छन्,‘मेरा हरेक गीत र अभिनयलाई यहाँले देखाएको माया प्रति आभार व्यक्त गर्दै यो म्युजिक भिडियो पनि हेरेर प्रतिक्रिया दिनुहोला ।’ उनले एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयसँगै गायकीमा पनि उनी अव्बलनै मानिन्छन् ।
कोटिहोममा खालि समय भयो कि उनी भक्तजनलाई भुलाउनका लागि भजन गाउन थालिहाल्छन् । उनले गाएका भजनले पनि भक्तजन प्रभावित हुने गरेका छन् । उनले गायनसँगै कोटिहोममा छम छम नाचेर भक्तजनको मन जितेका छन् ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखराबाट बनेको प्रेमिल कथा ‘मायामा मायामा’
चर्चा बटुल्दै ‘कलकत्ते काइयो’
श्रोता दर्शकमाझ गुहार माग्दै आए केशव घिमिरे [भिडियो]
वरिष्ठ गायिका लक्ष्मी न्यौपानेले ल्याइन् तीज गीत ‘म त मसक्कै’
कुशल सञ्चालक तथा गायक दीप काफ्ले अभिनयमा जम्दै
राजु–देवी जोडीको ‘झलिको झलल’ गीतमा लाखौं टिकटक भिडियो
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’